×

NIC ASIA

वाइडबडी खरिदमा ‘अनियमितता’, प्रतिस्पर्धा नगराउनु मुख्य कमजोरी

मंसिर १७, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं–  सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी विमान खरिद गर्दा प्रक्रिया नपु¥याइकनै खदिर गरेको बताएको छ । वाइडबडी विमान खरिद प्रक्रियाका बारेमा राय उपलब्ध गराउन संसदको सार्वजनिक लेखा समितिले दिएको निर्देशन अनुसार अनुसन्धान थालेको कार्यालयले यस्तो बताएको हो ।

Muktinath Bank

कार्यालयका एक अधिकारीले विमान खरिदको लागि स्पेसिफिकेसन (विशिष्टता) तयार गर्दा एउटा कम्पनीलाई मात्रै फाइदा पुग्ने गरी तयार पारिएको भन्दै विमान खरिद प्रक्रियामा त्रुटि देखिएको बताए । ‘विमान खरिदका लागि तयार पार्नु पर्ने स्पेसिफिकेसन एउटा कम्पनीलाई मात्रै फाइदा पुग्ने गरी तयार पारेको हाम्रो प्रारम्भिक अध्ययनले देखाएको छ,’ ती अधिकारीले भने, ‘यसरी स्पेसिफिकेसन तयार गर्दा कुनै एउटा कम्पनीलाई मात्रै फाइदा हुने गरी तयार गर्न मिल्दैन । यसरी प्रतिस्पर्धा भयो भन्ने स्थिति नै देखिँदैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा ६ अर्ब रुपैयाँ अनियमितता भएको बताउँदै थप अनुसन्धानका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्देशन दिएको थियो । थप अध्ययन गरेर एक हप्ता भित्रै आफ्नो राय पेश गर्न समितिको निर्देशन थियो ।


Advertisment
Nabil box
Kumari

समितिले विमान खरिद गर्दा निर्माता कम्पनीबाट मात्रै खरिद गर्नुपर्ने तर, मध्यस्तकर्तामार्फत् खरिद गरेको भन्दै वायु सेवा निगम प्रति थप प्रश्न उठाएको थियो ।

Vianet communication

तर, सार्वजनिक खरिद कार्यालयका अधिकारीले बोलपत्र आह्वानमा आवेदन दिने  सहभागीहरुबीच प्रतिस्पर्धा गराएर मध्यस्तकर्तामार्फत् पनि विमान खरिद गर्न मिल्ने दावी गरे । ‘सिधै उत्पादकसँग मात्रै किन्ने भन्ने छैन,’ ती अधिकारीले भने, ‘बीचमा रहेका कोअर्डिनेटरमार्फत् पनि खरिद गर्न सकिन्छ । मुख्य कुरा प्रतिस्पर्धा गरायो कि गराएन भन्ने हो ।’

नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी ए ३३०–२०० खरिदमा अनियमितता भएको महालेखा परिक्षकको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संसदको सार्वजनिक लेखा समिति अन्तर्गत उपसमिति गठन गरेर समेत अनुसन्धान भइरहेको छ ।

लेखा समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र वायु सेवा निगमलाई समेत स्पष्टिकरण माग गरेको छ ।

समितिले स्पष्टिकरणका लागि तयार पारेको प्रश्नावलीमा समेत ‘खरिदको लागि जारी गरिएको बोलपत्र आह्वानमा एयरबस ३३०–२०० भनेर स्पष्ट किटान गरिएको तर, एयरबसका अन्य भेरियन्टहरुलाई सहभागी हुनबाट बञ्चित गराइएको’ भनेर उल्लेख गरेको छ । समितिले एयरबसको मूल्य ढुवानी क्षमता अनुसार हुने गरेपनि वायु सेवा निगमले खदिरका क्रममा मूल्य घटाउनमा कुनै पहल नगरेको समेत बताएको छ ।

सार्वजनिक खरिद अनुमगन कार्यालयले आगामी बिहीवार भित्रै सांसदको सार्वजनिक लेखा समितिमा आफ्नो राय पेश गर्ने भएको छ । कार्यालयका सूचना अधिकारी यज्ञराज कोइरालाले समितिले आफुहरुलाई एक हप्ताको अवधि दिएको र दुई तीन भित्रै प्रतिवेदन समितिलाई बुझाउने गरी तयारी भइरहेको बताए । 
‘साथीहरु त्यसैको अनुसन्धानका लागि फिल्डमा छन्,’ उनले भने, ‘हामीले दुई–तीन दिनभित्रै प्रतिवेदन समितिमा पेश गर्नेगरी काम गरिरहेका छौं ।’

संसदको सार्वजनिक लेखा समितिको गत बुधवार बसेको बैठकबाट विमान खरिदबारे थप अध्ययन गरेर आफ्नो राय समितिमा पेश गर्न सार्वजनिक खरिद अनुमगन कार्यालयलाई निर्देशन दिइएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x