×

NMB BANK
NIC ASIA

विमान खरिदबारे मन्त्रीलाई सांसदको प्रश्नै प्रश्न, सत्तारुढ सांसदलाई नै चित्त बुझेन जवाफ

मंसिर १९, २०७५

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं– नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणबारे जवाफ दिन बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी संसद्को सार्वजनिक लेखा समितिमा उपस्थित भएका छन् ।

Muktinath Bank

बैठकमा उपस्थित मन्त्री अधिकारीलाई लेखा समिति सभापति भरत शाहले विमान खरिदबारे पर्यटन मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको भनिएको थियो, उक्त समितिको निष्कर्ष के रह्यो भनेर प्रश्न सोधे । यस्तै विमान खरिद प्रकरणमा अनियमितता भएको आसयसहितको महालेखा परीक्षकको प्रतिवेदनबारे मन्त्रीको राय मागे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२४२ टन अधिकतम उडान भारमा विमान खरिद गर्ने भनिए पनि २३० टन उडान भारमा झार्दा पनि मूल्य नघटाउँदा निगमलाई ३ अर्ब रुपैयाँ घाटा भएको सभापति शाहको भनाइ थियो । 


Advertisment
Nabil box
Kumari

यस्तै विमान निर्माता कम्पनी एयरबस र निगमबीच भएको सम्झौताअनुसार ९३ मिलियन अमेरिकी डलरमा खरिद–बिक्रीको सम्झौता भएकोमा विमानको मूल्य १०४.८ मिलियन डलर कसरी पुग्यो भनेर प्रश्न गरे । 

Vianet communication

तर मन्त्री अधिकारीले भने विमान खरिद प्रकरणबारे स्पष्ट जवाफ दिएनन् । मन्त्री अधिकारीले महालेखा परीक्षकको प्रतिवेदनबारे छलफल चलिरहेको बताए । उनले विमान खरिद प्रकरणबारे छानबिन गर्न वायु सेवा निगमलाई नै जिम्मा दिइएको पनि बैठकमा जवाफ दिए । 

विमान खरिद प्रक्रिया २०७१÷७२ देखि नै शुरू भएको पनि उनले उल्लेख गरे । 

मन्त्री अधिकारीको जवाफप्रति समितिका सदस्य (सांसद)हरूले भने आपत्ति जनाएका छन् । सत्तारुढ दल नेकपाकै सांसद लेखराज भट्टले विमान खरिदमा अनियमितता भएको निकाय वायुसेवा निगमलाई नै छानबिनको जिम्मा दिइनुले झन शंका बढाएको बताए । 

सांसद् विरोध खतिवडाले विमान खरिदबारे मन्त्रीले शुरूबाटै विवादास्पद् अभिव्यक्ति दिएकाले समस्या बढेको बताए । 

सांसद हृदयेश त्रिपाठीले मन्त्रीको जवाफ टार्ने खालको मात्रै भएको बताए । 

सांसद तेजुलाल चौधरीले विमान प्रकरणमा भएको अनियमितताबारे स्वतन्त्र निकायबाट छानबिन हुनुपर्ने बताए । यस्तै नेपाली कांग्रेसका सांसद् मिनेन्द्र रिजालले वायुसेवा निगमबाट कुनै बिजनेस प्लान नै नबनाई विमान खरिद प्रक्रिया अगाडि बढाइएको बताए ।

बिजनेस प्लान विना नै वायु सेवा निगमलाई विमान खरिदका लागि ऋण दिइएको भन्दै ऋण लगानीकर्ता नागरिक लगानी कोष र कर्मचारी सञ्जय कोषको पनि जवाफ मागिनुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x