काठमाडौं– ‘मालिका...’बोलको पञ्चेबाजा गीत युट्युबमा सार्वजनिक गरिएको छ ।
बिहेको लगनको बेलामा सार्वजनिक गीतमा दीपक परियार र सुनिता शर्माको स्वर छ । गीतमा लय/शब्द पनि दीपककै छ । भिडियोमा आर्यन भण्डारी र सिर्जना पन्थी लगायतले अभिनय गरेका छन् ।
भिडियोलाई आकाश पन्थले निर्देशन गरेका हुन । शोभाकर पन्थको छायाँकन रहेको भिडियोलाई सुमन थापा मगरले सम्पादन गरेका हुन ।