
भारतीय गायक मीका सिंह दुबईमा पक्राउ परेका छन् । दुबई प्रहरीले मीका सिंहलाई १७ वर्षीया एक मोडललाई अश्लीत तस्वीर पठाएको आरोप लागेको छ । समाचारहरुका अनुसार मीका संहलाई दुबइको मुरक्काबात प्रहरी थानामा राखिएको छ ।
मिकामाथि १७ वर्षीया ब्राजिलियन युवतीमाथि अभद्र व्यवहार गरेको आरोप लगाइएको छ । ब्राजिलमा बस्ने १७ वर्षकी मोडलले मीकामाथि आपत्तिजनक तस्वीर पठाएको आरोप लगाएकी थिइन् । यो मामलामा नाबालिगले प्रहरीमा आफै उजुरी दर्ता गराएकी थिइन् । भारतीय सञ्चारमाध्यमरुका अनुसार मीका सिंह एक पार्टीमा गएका थिए र उनलाई आज बिहान पक्राउ गरिएको हो ।
दुई दिन पहिला मात्र मीकाले आफ्नो इन्सटाग्राम एकाउन्टमा दुबइको एक कार्यक्रमको भीडियो सार्वजनिक गरेका थिए ।
मीका कुनै पनि विवादमा फसेको यो पहिलो पटक भने होइन । उनीमाथि २०१५ मा दिल्लीमा एक कार्यक्रमका बीच एक निर्देशकलाई थप्पड हानेको आरोप लागेको थियो । जसका कारण उनी गत वर्ष पक्राउ परेका थिए । २०१४ मा सवारी साधनले हिर्काएर भागेको प्रकरणमा उनको नाम आएको थियो । उनले अटो रिक्सामाथि कार चढाएको आरोप लागेको थियो । यसका साथै सन् २००६ मा उनले राखी सावन्तमाथि जबरजस्ती किस गरेको आरोप पनि लागेको छ ।