१६ असार २०८३, मंगलबार

कर्मचारी समायोजन : संघमा करीब ४८ हजार दरबन्दी, सरकारले माग्यो आवेदन

पुस ११, २०७५
कर्मचारी समायोजन : संघमा करीब ४८ हजार दरबन्दी, सरकारले माग्यो आवेदन

काठमाडौं – कर्मचारी समायोजन अध्यादेश, २०७५ अनुसार कर्मचारी समायोजनको प्रक्रिया शुरू भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरी समायोजन प्रक्रियामा सहाभागी हुन आह्वान गर्दै कर्मचारीहरूका लागि सूचना जारी गरिएको जनाएको हो ।

'कर्मचारी समायोजन अध्यादेश, २०७५ ले गरेको व्यवस्था अनुसार 'सरकारी सेवाका कर्मचारीहरूका लागि समायोजन सम्बन्धी आवेदन गर्न आजै छुट्टाछुट्टै ४ वटा सूचना मन्त्रालयलको वेबसाइट (www.mofaga.gov.np) मा प्रकाशित गरिएको छ,' पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ ।

कर्मचारीहरूले अनलाइनमार्फत् नै समायोजनका लागि आवेदन दिन सक्नेछन् । 

सरकारले संघ, प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दी स्वीकृत समेत गरिसकेको छ । जस अन्तर्गत संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ दरबन्दी कायम भएको छ ।

साथै सरकारले संघीय सेवामा रिक्त हुने पदहरूमा खुला तथा आन्तरिक प्रतिस्पर्धा र कार्यक्षमता एवं जेष्ठताले आधार मानिने पनि प्रस्ट पारेको छ ।

'संघीय सेवामा रिक्त हुने पदहरूमा संघीय निजामती सेवासम्बन्धी कानूनमा व्यवस्था भएबमोजिम खुला प्रतियोगिता, आन्तरिक प्रतिस्पर्धा र जेष्ठता तथा कार्य क्षमताको आधारमा हुने बढुवामा समान अवसर दिनेगरी संघीय निजामती सेवा सम्बन्धी ऐनमा आवश्यक व्यवस्था गरिने छ,' विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्