×

NMB BANK
NIC ASIA

सरकारी वार्ता टोलीले भन्यो- विप्लवसँग सकिएन, सीके राउतसँग वार्ता गरेनौं

पुस १२, २०७५

NTC
फाइल फोटो
Premier Steels

काठमाडौं - नेकपा सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित राजनीतिक वार्ता टोलीले एकाध बाहेकका समूहसँग वार्ता गर्नु नपर्ने निष्कर्ष निकालेको छ ।

Muktinath Bank

समितिले  विहीवार राजधानीमा पत्रकार सम्मेलन गरी मुलुक द्वन्द्वरत अवस्थामा नरहेको निष्कर्ष सार्वजनिक गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'विगतका द्वन्द्वरत समूहको गतिविधिलाई मसिनो गरी अध्ययन गर्दा अर्ध-भूमिगत रूपमा रही केही हिंसात्मक र गैरकानूनी गतिविधि गर्ने एकाध समूहबाहेक सबै समूह विगतका क्रियाकलाप परित्याग गरी मूलधारका राजनीतिक प्रक्रियामा समावेश भइसकेकाले हाल मुलुक द्वन्द्वरत अवस्थामा देखिँदैन,' पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, 'अत: एकाध समूहबाहेक अरूसँग थप वार्ता वा संवाद गरिरहनुपर्ने देखिँदैन ।'


Advertisment
Nabil box
Kumari

समितिले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्ने प्रयास भने असफल भएको जानकारी दिएको छ ।

Vianet communication

'नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहसँग यस वार्ता टोलीको तर्फबाट संयोजक र सदस्यहरूले अनौपचारिक रूपमा केन्द्रीय स्तरका नेताहरूसँग धेरैपटक संवाद गरेता पनि  उक्त समूहले वार्ताका लागि  सकारात्मक अग्रसरता नलिएको हुँदा सो समूहसँगको वार्ता प्रक्रिया अघि बढ्न सकेन यद्यपि आगामी दिनमा सो समूहसँग समेत संवादको प्रक्रियालाई निरन्तरता दिनुका साथै उक्त समूहका अवैधानिक गतिविधि नियन्त्रण गरी कानून कार्यान्वयन प्रक्रियालाई कडाइका साथ अघि बढाउनु उपयुक्त हुने देखिन्छ,' विज्ञप्तिमा भनिएको छ ।

सीके राउतसँग भने समितेले वार्ताको प्रयास नै नगरेको जनाएको छ । ‘नेपालको राष्ट्रिय एकता, सार्वभौमसत्ता, अखण्डतालगायत संविधान तथा राज्यविरुद्धका गतिविधि गर्ने सीके राउत समूहसँगको वार्ता यस टोलीको कार्यादेशभित्र नपर्ने हुँदा त्यस समूहसँग वार्ता गर्न उपयुक्त देखिएन,’ समितिले उल्लेख गरेको छ ।

समितिले विभिन्न २३ वटा समूहसँग वार्ता गरेको र जसमध्ये ३ वटा समूहले आफूहरूकै रोहबरमा हतियार बुझाएर मूलधारको राजनीतिक प्रक्रियामा सहभागी भएको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x