![सुनिलको ‘सोल्टिनी’मा पुष्प र अञ्जली [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/soltini_HFuBikHo5v.jpg)
काठमाडौं– गायक सुनिल गिरी नयाँ गीतका साथ स्रोता तथा दर्शकमाझ आएका छन् ।
‘को होला त्यो’ बोलको गीतबाट युवापुस्तामाझ लोकप्रियता कमाएका सुनिलले आफ्नै शब्द रचनामा ‘सोल्टिनी’ बोलको गीत शुक्रबार सार्वजनिक गरेका हुन् । गीतमा सुनिल र अपेक्षा गिरीले स्वर भरेका छन् ।
गीतको भिडियोमा पुष्प खड्का र अञ्जली अधिकारीले मोडलिङ गरेका छन् । साथमा हेरुका लामा पनि भिडियोमा देखिएका छन् । भिडियोलाई दीपेन्द्र तिमिल्सिनाले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् ।
युवा पुस्ताका ढुकढुकी गायक सुनिलका दर्जनौ गीत लोकप्रिय छन् ।