२७ असार २०८३, शनिबार

पोखरा छोरेपाटनमा मोटरसाईकल दुर्घटना, दुई घाईते

माघ १७, २०७५
पोखरा छोरेपाटनमा मोटरसाईकल दुर्घटना, दुई घाईते

पोखरा- पोखरा महानगरपालिका १७ छोरेपाटनमा आज दुई मोटरसाईलक एकआपसमा ठोक्किदा दुई जना घाईते भएका छन् ।

ग १५ प ४९३३ न. को मोटरसाईकल र ग ७ प ९१५१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा दुवै चालक घाईते भएका हुन् ।

घाइते हुनेमा पोखरा २२ चिसापानी बस्ने वर्ष २१को शंकर खड्का र पोखरा २२ स्तुपा बस्ने वर्ष १९ आषिस बि.क रहेका छन् । घाइते खड्काको पोखरामा उपचार भइरहेको छ ।

अर्का घाइते आषिस बिकको खुट्टामा गम्भिरचोट रहेको कारण पोखराको फुलवारीस्थित मनिपाल शिक्षण अस्पतालमा लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि हेलीकोप्टर चार्टनर गरेर काठमाण्डौं लगिएको उनका छिमेकी दिपक दियालीले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्