१२ असार २०८३, शुक्रबार

गजल : कालोधनले चल्छ राजनीति

माघ २३, २०७५
गजल : कालोधनले चल्छ राजनीति

रमेश भट्टराई ‘सहृदयी’

विकासे भाषण, स्वार्थी जलप कालोधनले चल्छ राजनीति 
पाइन, पैसा, पावरले सोझाकै पसिनामा फल्छ राजनीति

चुनावमा असम्भव केही हुन्न, सबै जनता चिन्छन् नेताजी
जिते बिर्सिन्छन्, हारे कुर्लिन्छन्, प्रतिशोधसँगै जल्छ राजनीति

सिउँदो पखालियो, काख रित्याइयो तर माला लाउँछन् उनै
विकासको नाममा कमिन्छ दाम निरीह नै छल्छ राजनीति

सुन्दर खोलको कालो खेला, बाघ ती नेता बाख्रै जनता झोले
युग बित्छ, नरसंहार भै अशान्त सत्तामै ढल्छ राजनीति

विकसितमा आत्मघाती, अविकसितमा विकासे रन्को चल्दा
युधिष्ठिर हारमा धृतराष्ट्र, हिटलरले गल्छ राजनीति

salt training

कमेन्ट गर्नुहोस्