०३ असार २०८३, बुधबार

पोखरामा १४ वर्षीय बालकको हत्यारा ७ घण्टामै पक्राउ

माघ २९, २०७५
पोखरामा १४ वर्षीय बालकको हत्यारा ७ घण्टामै पक्राउ

पोखरा - पोखराको लेकसाइडस्थित हल्लनचोक नजिकै १४ वर्षीय बालकको चक्कुले घाँटी रेटी हत्या गर्ने एक युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पाल्पा घर भई हाल लेकसाइड बस्दै आएका १४ वर्षीय सचिन सिंजालीको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले घट्ना भएको ७ घण्टामै पक्राउ गरी सार्वजनिक गरेको हो । प्रहरीले पर्वतका बेनी काले भनिने २१ वर्षीय कुमार गर्बुजालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

मंगलबार बिहान साढे २ बजे प्रहरीमा हत्याको खबर पुगेपछि बैदाम प्रहरी प्रमुख नवीन कार्कीको नेतृत्वमा खटिएको टोलिले घटनास्थलको अनुसन्धान शुरू गरेको थियो । त्यसपछि अनुसन्धान गर्दै जाँदा हत्यारा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी संजालीको हत्यारालाई सार्वजनिक गरेको हो ।

मादकपदार्थ सेवन गरिरहको बेला प्रेमिकाको बिषयमा झगडा भएपछि गर्बुजाले चक्कु प्रहार गरी सिंजालीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एसपी ओम रानाले बताए ।

'अभियुक्तले आफ्नी प्रमीकालाई रक्सीको तालमा विवाहको प्रस्ताव राखेको र विवाद भएपछि त्यसैको झोकमा बालक सचिन सिंजालीको हत्या गरेको स्वीकार गरेको छ’ एसपी रानाले भने।

सोमबार राती हल्लनचोक लेकसाइड स्थित निर्माणधिन ६ तले घरको भुई तलामा पाल्पा जिल्ला रम्बापानी गाउँपालिका घर भई हाल शान्तिनगर डेरा गरी बस्दै आएका जित बहादुर सिंजालीको कान्छो छोरा सचिन सिंजालीको शव घाँटी रेटिएको अवस्थामा फेला परेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्