०२ साउन २०८३, शनिबार

भारतीय सुरक्षाबलले मारे पुलवामा आक्रमणका योजनाकार गाजीलाई

भारतीय सुरक्षाबलले मारे पुलवामा आक्रमणका योजनाकार गाजीलाई

काठमाडौं — जम्मु कश्मीरको पुलवामामा ४० जवानको हत्या भएको पाँचौं दिनमा सुरक्षाबलहरूले आक्रमणका योजनाकार अब्दुल रशीद गाजी समेत दुई आतंकवादीलाई मारेका छन् । 

सोमवार पिंगलिना इलाकामा ११ घन्टाभन्दा बढी चलेको मुठभेडमा उनीहरूको हत्या भएको हो । गाजी अर्थात् कामरान जैश–ए–मोहम्मदका शीर्ष कमान्डर र आईईडीमार्फत विस्फोट गराउनमा विज्ञ थिए । 

यस भिडन्तमा मेजर सहित चार जवानले ज्यान गुमाए । जैशका केही आतंकवादीसँगको भिडन्त जारी छ । 

बिहीवार पुलवामा आक्रमणदेखि नै सेनाले कामरानको खोजी गरिरहेको थियो । 

गाजी पिंगलिनामा लुकेको सूचना सुरक्षाबलहरूले पाएका थिए । गोप्य जानकारी पाएपछि सुरक्षाबलले आधी रातमा आतंकवादीहरूलाई घेरेको थियो । भिडन्त हुँदा राष्ट्रिय राइफल्सका मेजर सहित चार जवान शहीद भए । 

गाजी उर्फ कामरानले नै बिहीवार पुलवामामा भएको आत्मघाती आक्रमणको योजना बुनेका थिए । जैशका शीर्ष कमान्डर कामरानले पाकिस्तानमा बस्ने जैशका प्रमुख मौलाना मसूद अजहरको इशारा पाएर यो घटना गराएका थिए ।

गाजीले नै आक्रमणको षड्यन्त्र रचेका थिए र उनी मसूदका विश्वसनीय निकटवर्तीमध्ये एक थिए । 

उनको सम्बन्ध तालिबान आतंकवादी समूहसँग थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्