०२ साउन २०८३, शनिबार

चीनले लगायो सगरमाथाको फेदीमा जान प्रतिबन्ध

चीनले लगायो सगरमाथाको फेदीमा जान प्रतिबन्ध

काठमाडौं — चीनले संसारको सबभन्दा संवेदनशील वातावरणीय क्षेत्रका रूपमा रहेको माउन्ट एभरेस्ट नेसनल नेचरमा पर्वतारोहणको अनुमति नपाएका मानिसलाई जान प्रतिबन्ध लगाएको छ । 

संसारको सबभन्दा अग्लो शिखरलाई संरक्षण गर्नका लागि उसले यो कदम चालेको हो । 

पर्वतारोहणको अनुमति पाएका मानिसलाई यसले कुनै असर पार्ने छैन र यसले पर्वतारोहण गतिविधिलाई प्रभावित पनि प्रभावित पार्ने छैन । 

तिब्बततर्फ सगरमाथाको फेदीलाई सन् १९८८ मा प्रोटेक्सन जोन बनाइएको थियो । 

प्रदूषणका कारण चोमोलोङ्मा आधार शिविरलाई स्थायी रूपमा बन्द गरिएको भनी एउटा समाचार केही समयअघि भाइरल भएको थियो । तर स्थानीय प्रशासनले यसको खण्डन गरेको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्