२१ असार २०८३, आइतबार

बाबु बोगटी र स्वस्तिमा खड्काको ‘टिकुली’ गीत रिलिज

फागुन १२, २०७५
बाबु बोगटी र स्वस्तिमा खड्काको ‘टिकुली’ गीत रिलिज

काठमाडौं- गायक तथा नायक बाबु बोगटीले नयाँ गीत सार्वजनिक गरेका छन् ।

बाबुले आफ्नै युट्युब च्यानलमार्फत ‘टिकुली’बोलको गीत सार्वजनिक गरेका हुन् । अमेरिकामा बस्दै आएका नारद रिजालको शब्दमा बाबुले संगीत र आवाज दिएका छन् ।

गम्भीर विष्टले निर्देशन गरेको भिडियोमा बाबुका साथमा अहिलेकी चर्चित नायिका स्वस्तिमा खड्काको अभिनय रहेको छ । नवराज उप्रेतीले खिचेको भिडियोलाई नविन निरौलाले सम्पादन गरेका हुन् । बाबुका सान्नानी, जमुना, तुलषी, साली, कान्छी जस्ता गीत चर्चित छन् । त्यस्तै उनले अभिनय गरेको ‘बाटो मुनिको फूल’ हिट चलचित्र हो ।

salt training

कमेन्ट गर्नुहोस्