०८ असार २०८३, सोमबार

१७ औं आहा रारा गोल्डकप: हिमालय शेर्पालाई हराउँदै आर्मी सेमीफाइनलमा

फागुन १२, २०७५
१७ औं आहा रारा गोल्डकप: हिमालय शेर्पालाई हराउँदै आर्मी सेमीफाइनलमा

पोखरा - त्रिभुवन आर्मी क्लब पोखरामा जारी १७ औं संस्करणको आहा रारा गोल्डकपमा सेमीफाइनलमा प्रवेश गरेको छ । आर्मीले हिमालयन शेर्पालाई ३–१ गोलले हराउदै सेमीफाइनलमा प्रवेश गरेको हो ।

भुटानमा जारी खेल खेली  नेपाल फर्किएलगत्तै मोफसलको उत्कृष्ठ प्रतियोगिता आहा रारा गोल्डकप खेल्न पोखरा आइपुगेको आर्मीले हिमालयन शेर्पाको चुनौतीलाई ३–१ गोलले पन्छाउँदै दोस्रो उपाधिको सम्भावनालाई बलियो बनाएको छ । भुटानमा सेमीफाइनलमा व्यहोरेको आर्मीले हारको पीडालाई पोखराको मैदानमा बिर्सियो ।

पहिलो हाफमा एक गोलले पछि परेको आर्मीले दोस्रो हाफमा पाएको फ्रि-किकलाई सदुपयोग गर्दे आर्मी एकाएक खेलमा फर्किएको थियो । नवयुग श्रेष्ठले गोल गरेपछि आर्मीले खेलमा पुनरागमन गर्यो । डेढ साताअघि मात्रै मनकामना केवलकार पोखरा कपमा दोस्रो रोजाईको खेलाडी मैदानमा उतारेर मोफसलको प्रतियोगितामा सहभागिता जनाएको आर्मीले आहाको संस्करणमा भने आफनो सेट टिम मैदानमा उतारेको थियो ।

खेलको २७ औं मिनेटमा हिमालयन शेर्पाले अग्रता लिदैं आर्मीमाथि दबाव सृजना गरेको थियो । त्रिदेव गुरुङले मिलाई दिएको पासलाई अफ्रिकन खेलाडी प्याट्रिक गोहाले हानेको प्रहारले जाली चुम्दै गोल भएको थियो ।

आर्मीलाई खेलमा फर्किन ७१ मिनेटको समय लाग्यो । सन्तोष तामाङले मिलाई दिएको फ्रिकिक पासलाई नवयुग श्रेष्ठल हेडिङ गर्दै बलले जाली चुमेपछि आर्मीले बराबरी गरेको थियो । खेलमा फर्किएको आर्मीले दोस्रो गोल भने ७९ औं मिनेट ग¥यो । नवयुग श्रेष्ठले नै दोस्रो गोल गरे ।

आर्मीले तेस्रो गोले भने अतिरिक्त समयमा हान्यो । भरत खवासले हानेको सटलाई शेर्पाका गोलकिपर किशोर गिरीले डाईभ सेभ गर्ने क्रममा हातबाट रिफ्लेक्ट बललाई जज प्रिन्स कार्कीले गोलमा परिणत गरेका थिए ।

दुई गोल गरेका नवयुग खेलमा म्यान अफ दि म्याच घोषित हुदैं नगद ५ हजार पुरस्कार जिते । ्

आर्मीले पहिलो हाफमा पनि अवसर भने नपाएको होईन । तर सदुपयोग गर्नबाट चुकेपछि पहिलो हाफ एक गोलले पछि पर्दै टुग्याएको थियो । १५ औं मिनेटमा सन्तोष गुरुङले अवसरलाई खेर फालेका थिए । शेर्पाका गोलकिपर गिरीले गुरुङको प्रहारलाई बचाए पछि आर्मीले सम्भावित अग्रता लिने अवसर गुमाएको थियो।

६७औं मिनेटमा जर्ज प्रिन्स कार्कीले उपलब्ध गराईदिएको पासलाई आर्मीका विवेक बस्नेतले बाहिर फालिदिए । बस्नेतले हानेको हेड बल पोष्टभन्दा केही इन्चले मात्रै बाहिरिदाँ बेन्चमा बसेको खेलाडी उत्साहित देखिएका थिए।

आहा रारा गोल्डकप प्रतियोगिताको सोमबार सिक्किम युनाईटेड भारत र रुस्लान थ्रीस्टारसँग प्रतिस्पर्धा हुने छ ।

salt training

कमेन्ट गर्नुहोस्