×

NMB BANK
NIC ASIA

ग्यास उद्योगीको बदमासी : कमिसन वृद्धिको माग, सरकारले मागेको विवरण बुझाउन आनाकानी

फागुन १४, २०७५

NTC
Premier Steels

काठमाडौं– ग्यास बिक्री कमिसन बढाउन माग गर्दै आएका ग्यास उद्योगीले सरकारले माग गरेको विवरण उपलब्ध गराउन आनाकानी गरिरहेका छन् ।

Muktinath Bank

विभिन्न १० बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको ग्यास उद्योगीले सरकारले माग गरेका विवरण बुझाउन आनाकानी गरिरहेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ग्यास बिक्रीवापत आउने कमिसन समय सान्दर्भिक नभएको भन्दै यसअघि पटक-पटक बढाउन माग गर्दै आएका ग्यास उद्योगीका माग सम्बोधन गर्न अनन्तः सरकार तयार भएको थियो । त्यसका लागि सरकारले ग्यास उद्योगीहरूसँग विभिन्न विवरण माग गरेको थियो । तर, उद्योगीहरूले सरकारलाई वासलात उपलब्ध गराउन भने आनाकानी गरिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले ग्यास उद्योगका माग सम्बोधन गर्न सरकार तयार रहेको तर उद्योगीले नै सरकारले माग गरेको विवरण उपलब्ध नगराएको बताए । ‘आवश्यक अध्ययन गरेर उपभोक्तामा भार नपर्ने गरी मूल्यमा हेरफेर गर्न सकिन्छ कि भनेर निगमले वासलात मागेको थियो,’ उनले लोकान्तरसँग भने, ‘उद्योगीले वासलात बुझाएका छैनन् रे । अब हामीले के गर्न सक्छौं ?’

Vianet communication

गत फागुन ७ गते नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई आफ्ना १० बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका ग्यास उद्योगीसँग निगमले ८ फागुनमा पत्र पठाउँदै तोकिएको विवरण उपलब्ध गराउन भनेको थियो ।निगमले उद्योगीलाई पठाएको पत्रमा ‘विवरण अनुसार उद्योगीसँग लेखा परीक्षण तथा वित्तीय विवरण’ उपलब्ध गराउन माग गरिएको छ ।

त्यस्तै घरायसी र औद्योगिक प्रयोजनको लागि प्रयोग भएका सिलिण्डरको विवरण उपलब्ध गराउन समेत निगमको पत्रमा भनिएको छ । तर विवरण माग गरेको करीब एक हप्ता बितिसक्दा पनि उद्योगीले निगमलाई विवरण नबुझाएको निगमका एक अधिकारीले बताए ।

निगमका प्रवक्ता विरेन्द्र गोइतले उद्योगीहरूले निगमको मागअनुसार विवरण  बुझाएकोबारे आफूलाई थाहा नभएको बताए । उद्योगीसँग विवरण माग गरिएको सम्बन्धमा प्रवक्ता गोइतले भने, 'हामीले विवरण उपलब्ध गराउन भनेका थियौं । उनीहरूले बुझाएको बारेमा खै मलाई थाहा छैन ।’

यसअघि नेपाल ग्यास उद्योग संघले ग्यास उद्योगको सञ्चालन खर्च र बिक्रेता तथा वितरकहरूको कमिसन बढाउन माग गर्दै निगमलाई ज्ञापन पत्र बुझाएको थियो ।

त्यस्तै संघले ग्यास उद्योगको स्वीकृति, ग्यासको बिक्री मूल्य कटौती गरिएको लगायतका विभिन्न १० वटा माग गर्दै ज्ञापन पत्र बुझाएको थियो । ग्यास उद्योगी आफूहरूले सरकारलाई पटक-पटक आफ्नो विस्तृत विवरण उपलब्ध गराएको प्रतिक्रिया दिएका छन् ।

गृहलक्ष्मी ग्यास उद्योगका सञ्चालक धर्मराज बर्तौलालले उद्योगीहरूले अर्थ मन्त्रालयमा आफूहरूको कारोबारको विवरण यसअघि पटक-पटक बुझाएका र माग सम्बोधन गर्ने सरकारी मनसाय भएमा अर्थ मन्त्रालयबाट समेत विवरण ल्याएर माग सम्बोधन गर्न सकिने बताए । ‘यसअघि नै पटक पटक अर्थ मन्त्रालयमा कारोबार विवरण बुझाएका छन् । त्यहाँबाट विवरण ल्याएर भएपनि माग सम्बोधन गर्न सकिन्छ,’ उनले भने, ‘अहिले बुझाएको बारेमा मलाई थाहा छैन ।

यस विषयमा नेपाल ग्यास उद्योगका महासचिव दिवान चन्दले ‘एकछिन है !' भन्दै कुनै प्रतिक्रिया दिएनन् । उपभोक्ता अधिकारकर्मीहरूले उपभोक्तालाई मार नपर्ने गरी सरकारले उद्योगीका समस्या सामाधान गर्नु पर्ने बताएका छन् ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले उद्योगीका जायज मागहरू सरकारले सम्बोधन गर्नुपर्ने र उपभोक्तालाई अतिरिक्त भार पर्नु नहुने बताए । उद्योगीले समेत सरकारले माग गरेको विवरण उपलब्ध गराउनु पर्ने तिमिल्सिनाको भनाइ थियो । ‘उपभोक्तालाई भार नपर्ने गरी उद्योगीका जायज मागहरू सरकारले सम्बोधन गर्नुपर्छ,’ उनले भने, ‘उद्योगीले समेत सरकारले माग गरेको विवरण उपलब्ध गराउनु पर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x