१९ असार २०८३, शुक्रबार

परदेशिनेको पीडामा सुरजको ‘हवाईजहाज’ [भिडियो]

फागुन १७, २०७५
परदेशिनेको पीडामा सुरजको ‘हवाईजहाज’ [भिडियो]

काठमाडौँ- गायक सुरज थापा नयाँ गीतका साथ स्रोता तथा दर्शकसामु आएका छन् ।

उनको आवाजमा ‘हवाईजहाज’बोलको गीत रिलिज गरिएको छ । गीतले परदेश जाने नेपालीहरुको पीडा बोलेको छ । छोरो परदेश गएपछि घरमा रहेका आमा–बुबाको दुःख पिडालाई मर्मस्पर्शी ढंगले भिडियोमा प्रस्तुत गरिएको छ । 

गीतमा प्रमानन्द खरेलको शब्द, प्रकाश नेपालीको संगीत रहेको छ । 

गोबिन्द मधुर आचार्यले संगीत संयोजन गरेको गीतलाइ अन्जुली इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको हो । नेपाल आइडलबाट दर्शक तथा श्रोतामाझ परिचित सुरजको गायन उत्कृष्ट लाग्छ । गीतको भिडियोमा थुप्रै नेपाली फिल्ममा अभिनय गरिसकेकी अभिनेत्री ऋचा शर्माको साथमा राज खड्का र संगीत सन्तोषले अभिनय गरेका छन् ।

सर्जुन राई निर्देशित भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन तथा विकाश ज्ञवालीले सम्पादन गरेका हुन् ।
हेर्नुहोस् भिडियो:

salt training

कमेन्ट गर्नुहोस्