काठमाडौं– भारतीय वायुसेनाका कमाण्डर अभिनन्दन बर्धमान छिट्टै ककपिटमा फर्किन चाहन्छन् । वायुसेनाका अधिकारीहरूसँग उनले आफूले फेरि लडाकू विमान उडाउन चाहेको बताएका हुन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार अभिनन्दनले वायु सेनाका कमाण्डर र डाक्टरहरूसँग आफूले फेरि लडाकू विमान उडाउन चाहेको बताएका बीबीसी हिन्दीले लेखेको छ । भारत–पाकिस्तानबीच तनाब चर्किएका बेला भएको हवाइ हमलाबाट उनी चर्चामा आएका हुन् । पीटीआईका अनुसार पाकिस्तानको उत्पीडनका बाबजुत पनि उनको हिम्मतमा कुनै कमी आएको छैन ।
मिग २१ बाइसनलाई पाकिस्तानले निशाना बनाउँदा उनी पाकिस्तानी सेनाको नियन्त्रणमा परेका थिए । उनले चलाएको विमानलाई पाकिस्तानले खसालेको थियो । पाकिस्तानले फिर्ता गरेपछि उनको आर्मी अस्पतालमा उपचार भइरहेको । पाकिस्तानबाट फिर्ता हुँदा उनको भारतमा भव्य रुपमा स्वागत गरिएको थियो ।