३१ असार २०८३, बुधबार

अमेरिकामा आँधी : १४ जनाको मृत्यु

फागुन २०, २०७५
अमेरिकामा आँधी : १४ जनाको मृत्यु

काठमाडौं– अमेरिकामा आँधीका कारण १४ जनाको मृत्यु भएको छ । अलाबामाको ली जिल्लामा आएको टोर्नाडो आँधीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा केही बालबालिकासमेत रहेका छन् । ठूलो संख्यामा घरहरू भत्किएको सरकारी अधिकारी शेरिफ जे जोन्सले बताउका स्थानीय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार तीब्र गतिमा आएको हावाहुरीका कारण अन्य थुप्रै घाइते भएको र उनीहरूको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । आँधीले जर्जिया राज्यमा समेत क्षति पुगेको छ ।

अमेरिकी राष्ट्रिय मौसम सेवा एनडब्लुएसले सो आँधीलाई तेस्रो लेभलको आँधी भएको उल्लेख गरेको छ ।  प्रतिघण्टा २ सय ६६ किलोमिटरको बेगमा आउने आँधीलाई तेस्रो लेभलको खतरनाक आँधीका रुपमा लिने गरिएको छ । गएरातिदेखि शुरु भएको आँधी केही समयको फरकमा पटक–पटक आइरहेको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्