
पोखरा - कास्कीबाट प्रहरीले अवैध हतियारसहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा हतियार सहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।
रुपा गाउँपालिका वडा नम्बर ७ तालवेसी तथा सौर्यवासका विभिन्न स्थानहरूमा अवैध रूपमा हातहतियार राखेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ । प्रहरीले उनीहरुबाट दुई थान १२ बोर राईफल र तीन थान भरुवा बन्दुक बरामद गरेको छ ।
पक्राउ पर्नेमा कास्कीको रुपा गाउँपालिका ७ घर भई हाल पोखरा महानगरपालिका ३० शिशुवा बस्ने वर्ष ५५ को नारायण बहादुर गुरुङ, तालबेशी बस्ने वर्ष ४८ का डिल बहादुर गुरुङ, रुपा ७ तिलखोरिया बस्ने वर्ष ४५ का सुरेश गुरुङ र वर्ष ५४ का मन बहादुर थापा मगर छन् ।