२१ असार २०८३, आइतबार

लण्डनकाे एयरपोर्ट र रेलवे स्टेशनसहित तीन स्थानमा बम

फागुन २२, २०७५
लण्डनकाे एयरपोर्ट र रेलवे स्टेशनसहित तीन स्थानमा बम

काठमाडौं– बेलायतको लण्डनका तीन स्थानमा विस्फोटक पदार्थ भेटिएको छ । एयरपोर्ट, रेलवे स्टेशनसहित तीन स्थानमा बम फेला परेको हो । त्यसमध्ये एउटा बम विस्फोट भएको छ । तर कुनै मानविय क्षति भने भएको छैन । 

सुरक्षाअधिकारीहरूले आतंककारीको यो प्रयासलाई असफल बनाइ दिएको बताएका छन् । समाचार संस्था रोएटर्सका अनुसार बम सानो आकारका थिए । लण्डन प्रहरीका अनुसार बम हेथ्रो एयरपोर्ट, लण्डन सिटी एयरपोर्ट र वाटरलू रेलवे स्टेशनमा मंगलबार फेला परेका हुन् ।

यी स्थानमा मानिसको भिड्भाड हुने गर्दछ । लण्डन प्रहरीले तीन घटनाका विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले बम विस्फोटमा सामान्य आगो लागेको र नियन्त्रणमा लिएको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्