१७ असार २०८३, बुधबार

हवाई आक्रमणमा परी कम्तीमा ५० जनाकाे मृत्यु

फागुन २८, २०७५
हवाई आक्रमणमा परी कम्तीमा ५० जनाकाे मृत्यु

दमास्कस-  इस्लामिक स्टेट (आईएस) लडाकूहरुको पकड रहेको मानिने क्षेत्रमा भएको हवाइ आक्रमणमा परी कम्तीमा ५० जना मारिएका छन् । सिरियाको राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य हवाई आक्रमणमा परी सोमबार मात्रै उनीहरु मारिएका हुन् । 

डेइर अल जौर प्रान्तमा पर्ने बाघौजमा रहेका आइएस लडाकूहरुलाई लक्षित गरी हवाई आक्रमण भएको जनाइएको छ । आक्रमणमा परी मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 
अमेरिकाको सहयोग रहेको सिरियन डेमोक्रयाटिक फोर्स (एसडीएफ)ले आइतबार नै आइएस लडाकू विरुद्ध देशको पूर्वी क्षेत्रमा आक्रमण गर्ने घोषणा गरेको थियो । 

आक्रमण गर्नुअघि एसडीएफले समयसिमा तोकेर आत्मसमपर्ण गर्न आइएस लडाकू र उनीहरुका परिवारलाई आह्वान गरेको थियो । तर आइएस लडाकू र उनीहरुका आफन्तसहित हजारौले आत्मसमपर्ण गर्न अस्विकार गर्दै लक्षित क्षेत्र छाडेर अन्यन्त्र भागेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्