२४ असार २०८३, बुधबार

पोखरामा भेटिएकाे शंकास्पद वस्तुमा फेला पर्‍याे प्लास्टिकको बट्टा र तार

फागुन ३०, २०७५
पोखरामा भेटिएकाे शंकास्पद वस्तुमा फेला पर्‍याे प्लास्टिकको बट्टा र तार

पोखरा– पोखराको सभागृहचोकमा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । सभागृहचोकमा रहेको ट्राफिक बिटमा शंकास्पद बस्तु भेटिएको हो । 

बिहान संकास्पद वस्तुदेखिएपछि तत्कालै सेनाको बम डिस्पोजल टोली सभागृहचोक पुगेर डिस्पोज गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । शंकास्पद वस्तुमा बम बनाउन प्रयोग गरिने प्लाष्टिकको बट्टा र तारहरु भेटिएको डिस्पोजल टोलीले जनाएको छ । 
 
पोखरा महानगरपालिका अन्तर्रगत रहेको भन्डारढिकमा पनि  शंकास्पद वस्तु भेटिएको छ । सो स्थानमा संकास्पद वस्तु भेटिएपछि अहिले  नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजको प्रयास गरिरहेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको दिन पोखराका दुई स्थानमा शंकास्पद वस्तु भेटिएका हुन् । सर्वसाधारलाई त्रसित पारेर नेपाल बन्द सफत पार्न शंकास्पद वस्तु राखिएको हुन सक्ने प्रहरीले जनाएकोछ ।

salt training

कमेन्ट गर्नुहोस्