चैत २७, २०८०
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
चैत १, २०७५
काठमाडौं –मन्त्री हेरफेरको बारेमा कुरा चलिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आफू मन्त्रीमा नरहने संकेत गरेका छन् ।
अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवसका अवसमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले आफू मन्त्री पदमा नरहने संकेत गरेका हुन् । आफू मन्त्री नरहे पनि जनताले दिएको चार वर्षको म्याद अझै बाँकी रहेको भन्दै उनले सांसद भने रहिरहने दाबी गरे ।
आत्मआलोचना पनि गर्न चाहन्छु भन्दै बोल्न शुरू गरेका मातृकाले यसो भने :
हाम्रा कर्मचारीहरू थुनिएका थिए, कालिमाटी तरकारी बजारमा । प्रहरीलाई भन्छु, गएको छैन हेर्नुस् । मतलब नै छैन । डीजीसावलाई पठाएँ । सबै कर्मचारीलाई पठाएँ । आफ्नो निजी सचिवालयलाई पठाएँ । सचिवलाई भनें– ‘तयार हुनुस् त म पनि आउँदै छु । भन्दिनूस् सीडीओसापलाई म पनि आउँछु भनेर । अनि खुरुखुरु सबै गए । तुरुन्तै मान्छे पनि समातियो । स्थिति कस्तो छ के ! त्यसैले मैले भनें नि, एउटा तेल कम्पनीमा गएँ विरगञ्ज निम्बसमा । त्यसमा पनि कति नेतालाई ठूलो चोट लाग्न थाल्यो । ठूल्ठूला नेतालाई चोट लाग्न थाल्यो । हामीले चाहिँ कसरी अगाडि बढ्ने के ?
आलोचना त गर्नुस् । म तपाईंका आलोचना गर्छु, तपाईं मेरो अलोचना गर्नुस्, तर मेरो अवस्था पनि बुझिदिनुपर्यो । तपाईंहरूको कुरा पनि हामीले बुझिदिनुपर्ने हुन्छ । मैले त भनें– तपाईंहरू जानुस्, अुनगमन गर्नुस् । कसले रोकेको छ भनेर मैले भनें नि त । हाम्रा कर्मचारीलाई त घेरेर कुट्छन भने ! बेलाबेलामा त्यो पनि भएको छ नि त । त्यो कसरी हामीले गर्ने ?
स्वतः अनुगमन त रामराज आएपछि मात्रै हुन्छ के, त्रेता युगमा । अहिलेको यो त कलियुग हो । म त्यसमा विश्वास गर्ने मान्छे त होइन तर कलियुग भन्छन् नि त । स्वतः त रामराज आएपछि मात्रै हुन्छ । मैले सुन्या हिसाबले, मैले देखेको त हैन । स्वतः अुनगमन त हुँदै हुँदैन ।
स्वतः अुनगमका लागि त राज्य नै चाँहिदैन । राज्य किन चाहिएको छ, बदमासी गर्नेलाई तह लगाउनलाई । जब राज्य नै बदमासी गर्नेलाई संरक्षण गर्छ भने अपराध हुन्छ । राज्य पनि दुई किसिमको हुन्छ, एउटा अपराधीहरूको राज्य हुन्छ, एउटा अपराधको विरुद्धमा राज्य हुन्छ । सबै राज्य चाहिँ अपराधीको विरुद्धमा हुँदैन । त्यसैले हामी सबै मिलौं, छलफल गरौं ।
म मन्त्री भएर मात्रै होइन । आज मन्त्री छु । मन्त्री सधैँ त रहिरहँदैन । मन्त्री त पर्मानेन्ट जागिर होइन । बरु उहाँहरूको पर्मानेन्ट जागिर हो । मन्त्रीहरूको हल्ला भयो यो जाँदैछ भनेर भने कुनै हाकिमले टेर्दैन हेर्नुस् । हामी त महिनामा दुईचोटि, तीनचोटि यो जाँदैछ भन्ने हल्ला चल्छ, हेर्नुस् । त्यस्तो अवस्था पनि छ । त्यसैले गर्दाखेरी हामी मिलौं । तर म त नागरिक त रहन्छु नि त । जनताले दिएको त छ नि त । सांसद त रहन्छु नि त । चार वर्ष त अझै छ ।
कुनैकुनै बेला त मलाई के लाग्छ भने– म त सांसदै भएर पनि धेरै काम गर्थें जस्तो लाग्छ । मन्त्री भएपछि सबै चीज बोल्न पनि नपाइने, गाह्रो हुन्छ ।
तपाईंहरूले हेर्नुभएको होला पहिलेको मातृका अब छैन क्या । पहिलेको मात्रै अब छैन । तर एउटा कुरो अहिलेसम्म कतै गडबड गरेको छैन । कतै गडबड गरेको पाउनुभयो भने म सजाय भोग्न तयार छु । कुनै ठाउँमा गडबड गरेको देखाइदिनुस्, म सजाय भोग्न तयार छु । गर्न नसकेको हो म स्वीकार गर्छु, तर गडबड मैले कतै गरेको छैन । बरु मर्न तयार हुन्छु, तर म गडबड गर्ने मान्छे होइन । तपाईंलाई मेरो हिस्ट्री थाहा छ ।
म आफैँ बनेको होइन । म जे छु, त्यसमा धेरै जनताको लगानी छ । धेरै ट्रस्ट गरेर आफ्नो ज्यान गुमाएर पनि मलाई बचाएको हो । त्यत्तिकै म आज तपाईंहरूको बीचमा उभिएको छैन ।
आज उपभोक्ता दिवस हो । आम जनताको दिवस हो । नेपालमा आज पनि बजारमा सरकार छ भन्ने अनुभूति छैन । म मन्त्री छु, सरकार बजारमा छैन । कति पीडादायी विषय हो यो । त्यसमा पनि कम्युनिस्ट पार्टीको नेता मन्त्री छ । अरू भए त यिनीहरू यस्तै हुन् भनेर हामी भन्थ्यौं नि नातावाद, कृपावाद यस्तोमा जान्छ भनेर । आरोप लगाउन त सजिलो भइहाल्छ नि ।
मेरो एउटै आग्रह के छ भने, आज म एकदमै भावुक छु, हेर्नुस् । हामी सबै मिलौं । म भन्ने देखइदिनुस् । आफू भित्रको ममा यस्तो छ भन्ने पनि देखाइदिनुस् । कहाँ–कहाँ के क्षमता छ, देखाइदिनुस् ।
हामीभित्र कहाँ– कहाँ शंका छ, के छ त्यो हटाऔं । रूपान्तरण हौं र बहस गरौं । मैले निजी सचिवज्यूलाई भनिसक्या छु । लगानी सम्मेलनपछि म मन्त्री भएपनि नभएपनि हामी एउटा वृहत भेला गरौं । सबै पक्षको साथीहरू बसेर वृहत भेला गरौं । हामी एक दिन नास्ता नखाएर पनि बस्न सक्छौं । घरबाटै खाएर आएर पनि बस्न सकिन्छ । एउटा हल मागेर पनि । म मन्त्री भयो भने हाम्रो मन्त्रालयको छँदैछ । म नभएपनि माग्न त सकिन्छ नि !
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...