
पोखरा - स्याङ्जामा खेत जोत्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको मृत्युको भएको छ ।
सोमवार विरुवा गाँउपालिका ६ स्थित गैरी गाउँका ५७ बर्षीय कृष्ण बहादुर थापाले खेत जोत्ने क्रममा बिजुलीको पोल ढल्दा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
थापाले खेत जोत्ने क्रममा खेतको बीच भागमा गाडिएको बिजुलीको पोलमा जुवा ठोक्किन पुग्दा अकस्मात काठको पोल भाचिएर थापालाई करेन्ट लागेको थियो ।
पोलसँगै ढलेका तारहरु उनीमाथि बज्रिएको थियो । थापामाथि बिजुलीको तारसहितको पोल बज्रिदा घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।