
काठमाडौं – चीनको जाओयाङ शहरमा एक व्यक्तिले पैदलयात्रीमाथि कार चलाउँदा ६ जनाको मृत्यु भएको राष्ट्रिय टीभीले जनाएको छ । प्रहरीले चालकलाई गोली हानी मारेको छ ।
चालकले जानाजान मानिसहरूमाथि गाडी चलाएको थियो तर कुन उद्देश्यका साथ उनले यसो गरेका हुन् भन्ने कुरा रिपोर्टमा खुलेको छैन । हुबेई प्रान्तको जाओयाङ शहरमा एकाबिहानै यो घटना भएको हो ।
घटनामा सातजना घाइते भएको राष्ट्रिय टीभीले जनायो । त्यसको विस्तृत विवरण उसले दिएको छैन ।
हालैका वर्षमा चीनमा यस्ता घटना भएका छन् ।
गत सेप्टेम्बर महिनामा दक्षिण चीनको एक शहरको एक भीडभाडयुक्त स्थानमा कार दौडाइँदा ११ जनाको मृत्यु भएको थियो ।
एजेन्सी