१९ असार २०८३, शुक्रबार

गजल ‘बिस्तारै’मार्फत दर्शकमाझ आए दिलिप रायमाझी [भिडियो]

गजल ‘बिस्तारै’मार्फत दर्शकमाझ आए दिलिप रायमाझी [भिडियो]

काठमाडौं– गजलकार सुरेश वाग्लेको नयाँ गजल ‘बिस्तारै’को भिडियो सार्वजनिक गरिएको छ ।

लोकप्रिय गायक/गायिका अन्जु पन्त र जगदिश समालको स्वर रहेको गजलमा किरण श्रेष्ठको संगीत रहेको छ । धेरै समयपछि नायक दिलिप रायमाझी यो भिडियोमार्फत् दर्शकमाझ आएका छन् । 

किरण कँडेलको एरेन्ज रहेको गजलको भिडियोलाई नेपाली वेवसाइटको अफिसियल युट्युव च्यानलले बजारमा ल्याएको हो । गजलकार वाग्लेको एकल एल्वम ‘तिमी साथ भएपछि’मा समावेश यस गजलको भिडियोमा अभिनेता दिलिप रायमाझी र मोडल अकेशा बिष्टको अभिनय रहेको छ । 

सार्वजनिक गजलको आवाज रेकर्ड गर्ने काम अमेरिकाको बोस्टनमा भएको हो भने गजलको भिडियो पनि बोस्टनमै छायाङ्कन गरिएको गजलकार वाग्लेले जानकारी दिए । विक्की पुलामीको निर्देशन रहेको गजलको भिडियोमा सागर शंकरको छायांकन, फराज अर्पनको सम्पादन छ ।

salt training

कमेन्ट गर्नुहोस्