०३ असार २०८३, बुधबार

पोखरामा गैरकानूनी रूपमा व्यवसाय सञ्चालन गरेको आरोपमा १ विदेशी नागरिक पक्राउ

चैत १६, २०७५
पोखरामा गैरकानूनी रूपमा व्यवसाय सञ्चालन गरेको आरोपमा १ विदेशी नागरिक पक्राउ

पोखरा- पोखरामा लामो समयदेखि गैरकानूनी रूपमा बसेर व्यवसाय चलाउँदै आएका आएका जर्मन नागरिक मेनफर्ड अगस्टलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल घुम्नका लागि पहिलो पटक सन १९८५ मा आएका मेनफर्डले पोखराकै एक महिलासँग विवाह गरेका थिए । त्यपछि उनी बेलाबखत जर्मन जाने र धेरै समय नेपालमै बसेर व्यवसाय गर्दै आएका थिए ।  

विगत ८ वर्षदेखि गैरकानूनी रूपमा बसेर पोखरा महानगरपालिका वडा नं २२ मा व्यवसाय गर्दै आएका ६८ वर्षीय मेनफर्डलाई पर्यटन प्रहरी कार्यालय पोखराले पक्राउ गरेको हो । सन् २०१२ अगष्ट देखि भिषाको म्याद गुजारेर गैरकानूनी रूपमा पोखरामा व्यवसाय सञ्चालन गरेको आरोपमा पक्राउ गरिएको पर्यटन प्रहरी कार्यलय पोखरामा प्रहरी सहायक निरीक्षक विधानसिंह क्षत्रीले बताए । 

जर्मन नागरिक मेनफर्डले ‘अनदु हाउस’ नामको गष्टहाउस सञ्चालान गरेर त्यहाँबाट घरजग्गा डिजाइनसम्बन्धी कामसमेत गर्दै आएको प्रहरी सहायक निरिक्षक क्षत्रीले बताए । ‘कुनै पनि विदेशी नागरिकले नेपालमा व्यवसाय गर्न विभिन्न प्रक्रिया पूरा गर्नुपर्छ । मेनफर्डले  कुनैपनि प्रक्रियव पूरा नगरी व्यवसाय सञ्चालन गरेको भेटियो, ' उनले भने, ‘भिषाको म्याद सकिए विदेशी नागरिकले प्रत्येक दिन ५ डलर जरिवाना तिर्नुपर्ने कानूनी व्यवस्था छ । मेनफर्डले ८ वर्ष देखि भिषानै रिन्यू गरेका छैनन् ।’

प्रहरीका अनुसार उनले एआरबीएनबी डटकम र बुकिङ डटकम नामको वेबसाइटको माध्यमबाट गेष्टहरूलाई आफ्नो गेष्टहाउसमा राख्ने र अन्य व्यवसायसमेत गर्दै आएका थिए । 

सन् १९८५ मा ‘नन टुरिष्ट’ भिषामा नेपाल छिरेका थिए । त्यसपछि उनले नेपाली मूलकी छमा बिकसँग विवाह गरेका थिए । सन् १९९६ मा नन टुरिष्ट भिषाको म्याद सकिएपछि सन् २०१२ मा टुरिष्ट भिषा लिएको अनुसन्धानका क्रममा खुलेको प्रहरी सहायक निरीक्षक क्षेत्रीले बताए ।

उनको श्रीमतीको विवाह भएको ९ वर्षमा मृत्यु भएको थियो । नेपाली मुलकी महिलाबाट जन्मिएका एक छोरा जर्मनीमा रहेको उनले प्रहरी समक्ष बताएका छन् ।

प्रहरीले पोखरा क्षेत्रमा गैरकानूनी रूपमा बसोबास गर्दै आएका १३ जना विदशीलाई पक्राउ गरी स्वदेश फिर्ता पठाइएको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्