काठमाडौं- गायक पुरुषोत्तम गैरे नयाँ रोईला गीतका साथ स्रोता तथा दर्शकसामु आएका छन् । पुरुषोत्तमको शब्द, संगीत तथा स्वरमा ‘दमाली’बोलको राईला गीत बिहीबार सार्वजनिक गरिएको हो ।
गीतको संगीत र स्वरमा पुरुषोत्तमसंग गायिका संगीता पौडेलले साझेदारी गरेकी छिन् ।
गाउँघरमा उकाली–ओराली तथा स्कूल पढ्दाका स्मरणलाई समेटेर गीत ल्याएको पुरुषोत्तम बताउँछन् ।
शुभतारा म्यूजिक प्रा.ली.को प्रस्तुतिमा सागर न्यौपाने र दिपेश न्यौपानेको यस गीतको भिडियोमा कृष्ण भण्डारी, सिर्जना मश्राङ्गी, सागर न्यौपाने, विजय बम्डेल, कमल भट्टराई लगायतको अभिनय छ । विजय पोखरेलको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन ।
भिडियोलाई गायक पुरुषोत्तम गैरेले नै निर्देशन गरेका हुन ।