१३ असार २०८३, शनिबार

प्रधानमन्त्री ओलीद्वारा महेश थापाको ‘मरिचिका’ विमोचन

प्रधानमन्त्री ओलीद्वारा महेश थापाको ‘मरिचिका’ विमोचन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको शुक्रवार विमोचन गरेका छन् ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार पुस्तक विमोचन गरेका हुन् ।

आफैं अप्ठ्यारो स्थितिमा भएका थापाले नेपाली साहित्यमा ठूलो योगदान दिएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गरे ।

‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ । उहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो,’ प्रधानमन्त्री ओलीले भने, ‘अरु सशक्त अवस्थामा रहेकाहरूले उहाँको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्न सक्नुपर्दछ ।’

प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसलाई खुट्टा तान्ने प्रवृत्ति भएपनि त्यसबाट विचलित नभइ आफ्नो लक्ष्यमा अडिग रहनुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्