०१ असार २०८३, सोमबार

पोखरामा राप्रपाका डेढ दर्जन नेता कार्यकर्ता पक्राउ

चैत २५, २०७५
पोखरामा राप्रपाका डेढ दर्जन नेता कार्यकर्ता पक्राउ

पोखरा- कमल थापा नेतृत्वको राप्रपाको घोषित केन्द्रीय कार्यक्रम अनुसार सोमवार पोखरास्थित मुख्यमन्त्रीको कार्यालय अगाडि धर्ना दिने क्रममा करीब डेढ दर्जन जिल्लास्तरीय नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।

मुख्य मन्त्रीको कार्यालयमा एक घण्टा धर्ना बस्ने कार्यक्रम अनुसार धर्नामा बसेका राप्रपाका गण्डकी प्रदेशका अध्यक्षसहित १७ जनालाई  पक्राउ गरेको राप्रपा केन्द्रीय प्रचार विभाग सदस्य सूर्य बास्तोलाले जानकारी दिए ।

'हिन्दु राष्ट्र घोषणा गर', 'नागरिकता वितरण ऐन २०७५ खारेज गर', 'राजा सहितको प्रजातन्त्र कायम गर', 'सार्वपक्षिक गोलमेच सम्मेलन', 'संघीयताबारे जनमत संग्रह', 'भष्ट्राचार अन्त्य', 'बेरोजगारी समस्या समाधान गर्नुपर्ने' लगायत नारा लेखिएको ब्यानरसहित निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ गरेका नेता कार्यकर्तालाइ जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । पक्राउ पर्नेहरुमा प्रदेश अध्यक्ष हेमजंग गुरुङ, उपाध्यक्ष राजेन्द्र बहादुर अधिकारी, प्रदेश सचिव बरुणबिक्रम राणा, केन्द्रीय सदस्यहरु जयलाल पुन, रोम बहादुर भण्डारी, जिल्ला अध्यक्ष डा.महेन्द्र बहादुर कार्की, प्रदेश सदस्य नारायण गुरुङ लगायत नेता कार्यकता रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्