×

NMB BANK
NIC ASIA

भारतमा चुनावी महासंग्राम : मोदीको पुनरागमन कति सम्भव ?

चैत २७, २०७५

NTC
Premier Steels

नयाँ दिल्ली – छिमेकी मुलुक भारतमा बिहीवारबाट लोकसभा निर्वाचन शुरू हुँदैछ । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) ले नै फेरि पनि सरकार बनाउने विश्लेषण गर्न थालिएको छ । 

Muktinath Bank

सन् २०१४ को चुनावमा भाजपाको बहुमत आए पनि यसपालिको चुनावमा गठबन्धन सरकार बन्ने आकलन गर्न थालिएको छ । विगतको तुलनामा मोदीको लोकप्रियता खस्किएपनि उनलाई टक्कर दिने विपक्षी पार्टीका नेता नहुँदा चुनावमा भाजपाकै पल्ला भारी हुने अनुमान गरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख राज्यहरूमा भाजपा नै अगाडि रहेको प्रारम्भिक मतसर्वेक्षणले देखाएको छ । महाराष्ट्र, उत्तर प्रवेश, राजस्थान, हरियाणा, मध्य प्रदेश, गुजरात, दिल्ली र बिहारमा भाजपा तथा उसको गठबन्धन पार्टीले जित्ने विश्लेषण भएका छन् । 


Advertisment
Nabil box
Kumari

पञ्जाब, बंगाल र आन्ध्र्र प्रदेशमा कांग्रेस तथा उसका सहयोगी दलले चुनाव जित्ने आकलन गरिएको छ । भारतीय संसद्को तल्लो सदन (लोकसभा) का ५ सय ४५ मध्ये ५ सय ४३ सीटका लागि हुने यस निर्वाचनमा करीब ९० करोड भारतीय मतदाता छन् ।

Vianet communication

यूपीमा विपक्षी अलग अलग लड़्दा भाजपालाई फाइदा 

लोकसभामा ८० सांसद पठाउने देशकै ठूलो राज्य उत्तर प्रदेश (यूपी) मा तीन ठूला शक्ति अलग अलग चुनाव लड्दैछन् । मायावतीको बहुजन समाज पार्टी  र अखिलेश यादवको समाजवादी पार्टीको एउटा गठबन्धन, कांग्रेस र भाजपा अलग अलग गरी चुनाव लड्दैछन् । 

कांग्रेसले मायावती र अखिलेशको पार्टीसँग गठबन्धन गर्न सकेमा यूपीमा राम्रो सीट आउने सम्भावना रहन्थ्यो । तर आपसमा मिल्न नसक्दा भाजपालाई फाइदा मिल्ने देखिएको छ । 

२०१४ को लोकसभा चुनावमा यूपीमा भाजपाले एक्लैले ७४ सीट जितेको थियो । राज्य सरकार पनि भाजपाकै भएकोले अहिले पनि राम्रै सीट आउने आकलन भइरहेको छ । 

गुजरातबाट भारतीय राजनीतिमा उदाएका प्रधानमन्त्री नरेन्द्र मोदी पनि यूपीको बनारसबाटै चुनाव लड्दैछन् । 

विगतको चुनावमा कांग्रेसका सोनिया गान्धी तथा राहुल गान्धीले यूपीबाट दुई सीट जितेका थिए । यसपटक राहुल गान्धी केरलबाट चुनाव लड्दैछन् । 

अग्निपरीक्षामा प्रियंका गान्धी 

भारतको राजनीतिमा ‘आइरन लेडी’को पहिचान बनाएकी इन्दिरा गान्धीकी नातिनी प्रियंका राजनीतिमा प्रवेश गरेसँगै यसपटक भारतको चुनाव रमाइलो बनेको छ । झट्ट हेर्दा हजुरआमा जस्तै देखिने प्रियंका पहिलोपटक चुनाव लड्दैछिन् । कांग्रेसले उनलाई पुर्वी यूपीको जिम्मेवारी दिएको छ । 

प्रियंकाले यूपीमा पार्टीलाई जीत दिलाउन सके राजनीतिमा उनका भावी दिन सहज हुने विश्लेषण भइरहेको छ । भाइ राहुललाई साथ दिन राजनीतिको मैदानमा उत्रिएकी उनलाई कांग्रेसकी भावी नेत्रीको रूपमा पनि हेरिएको छ । प्रियंकालाई यहाँका सञ्चारमाध्यमले महत्व दिएका छन् भने सामाजिक सञ्जालहरूमा उनको चर्चा भइरहेको छ ।  

आप र कांग्रेस मिल्न नसक्दा भाजपालाई फाइदा 

अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) को दिल्ली र पञ्जाबमा राम्रो पकड छ । त्यसैगरी हरियाणा र गोवामा  पनि उसको उपस्थिति छ । यी राज्यमा कांग्रेस र आप मिलेर चुनाव लडेका भए भाजपालाई हराउन सहज हुने थियो भनी आकलन भइरहेका छन् । 

तर कांग्रेसको विरोध गरेर जन्मिएको आपसँग चुनावी गठबन्धन नगर्न कांग्रेसभित्र शीला दीक्षित लगायतको समूह सक्रिय छ । आपसँग चुनावी तालमेलका लागि पटकपटक भएका कांग्रेसका प्रयास असफल भएपछि भाजपा प्रसन्न देखिएको छ ।  

अपरिपक्व राहुल, छैनन् मोदीलाई टक्कर दिने नेता 

भारतीय जनता र आम मतदाताका नजरमा कांग्रेसका अध्यक्ष राहुल गान्धी अहिले पनि अपरिपक्व नेताको रूपमा रहेका छन् । जनताको नजरमा अझै पनि राहुल गान्धी ‘पप्पु’ कै नामले चिनिन्छिन् । 

सरकारको नेतृत्व गरिरहेका र आफूलाई भ्रष्टाचार र आतंकवादविरुद्धको ‘चौकीदार’का रूपमा प्रचार गरिरहेका नरेन्द्र मोदीलाई उछिन्न राहुललाई हम्मे परिरहेको छ । 

कांग्रेसका परिपक्व नेता एवं भारतको आधुनिक अर्थतन्त्रको जग हाल्ने श्रेय पाएका मनमोहन सिंहलाई अगाडि सारेर हिँडेको भए राहुलले फाइदा लिनसक्ने विश्लेषण नभएका होइनन् । तर गान्धी परिवारले अहिले पनि आफूलाई नै अग्रस्थानमा राख्न खोज्ने गरेको टिप्पणी भइरहेको छ । 

सन् २०१४ को चुनावमा एकपक्षीय माहोल सिर्जना गरेका मोदीलाई यसपटकको चुनावमा पनि टक्करै दिन सक्ने नेता भेटिएको छैन । यस चुनावमा मोदी प्रधानमन्त्रीको एक्लो उम्मेदवार जस्तै देखिएका छन् । 

मोदी कार्यकालका उपलब्धि र असफलता

मोदीले ‘विदेशमा रहेको कालोधन फिर्ता’ गर्नका लागि भन्दै ५ सय र एक हजारको नोटमा नोटबन्दी घोषणा गरेका थिए । शुरूआतमा यसको विरोध भए पनि नोटबन्दीपछि विभिन्न राज्यमा भएको चुनावमा भाजपाको विजयले नोटबन्दीलाई अनुमोदन गरिदिएको थियो । 

यस्तै आतंकवाद नियन्त्रणका लागि पाकिस्तानको भूमिमा प्रवेश गरेर गरिएको भनिएको ‘सर्जिकल स्ट्राइक’ पनि मोदीको कार्यकालभरि चर्चाको विषय बन्यो । 

अहिले चुनावको पूर्वसन्ध्यामा जम्मु कश्मीरको पुलवामामा अर्धसैनिक बल सीआरपीएफमाथि आतंककारीले गरेको आक्रमणको प्रतिशोधस्वरूप भारतीय वायुसेनाले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेकोमा मोदी तथा भाजपाले सशक्त भारतका नाममा राजनीतिक लाभ लिइरहेका छन् । 

तर मोदी कार्यकालमा भएका नीरव मोदीकाण्ड र राफेल खरिदकाण्डले मोदीको लोकप्रियता खस्काउने काम गरेका छन्   

मोदीले सन् २०१४ को चुनावमा विदेशमा जम्मा भएको कालो धन १०० दिनभित्रमा भारत फिर्ता ल्याउने घोषणा गरेका थिए । तर त्यसलाई उनले पूरा गर्न सकेनन् । 

त्यस्तै भाजपाले कश्मीरी पण्डितलाई घर फर्काउने वाचा गरेको थियो तर त्यो पनि अझैसम्म पूरा गर्न सकेको छैन । 

नेपालमाथि लगाएको नाकाबन्दी मोदीको पहिलो कार्यकालको गम्भीर गल्ती थियो । नेपालमाथि नाकाबन्दी लगाएबापत उनले धेरै आलोचना खेप्नुपर्‍यो ।

चुनावको पूर्वसन्ध्यामा बलिउडका कलाकारहरूले भाजपालाई भोट नदिन गरेको अपीलले पनि अर्थपूर्ण सन्देश दिएको छ । 

सन् २०१४ मा जस्तो चुनाव जित्न सहज छैन भन्ने कुरा मोदीले राम्रोसँग बुझेका छन् भने कांग्रेसको अवस्थामा पनि सुधार आएको छ । मोदीले जस्तो प्रचारबाजी नगरेको भए पनि राहुलले गरीब र दलित बस्तीमा पुगेर आफ्नो समावेशी छाप छाड्ने प्रयास गरेका थिए । 

गोर्खाल्यान्ड माग पूरा गर्ने आश्वासन

गएको चुनावमा दार्जिलिङ पुगेर मोदीले ‘गोर्खालीको सपना मेरो पनि सपना’ भनेर भाषण गरेका थिए । त्यो सपना भनेको छुट्टै गोर्खाल्यान्ड राज्य हो । तर भाजपाले त्यो वाचा पूरा गर्न सकेन । गोर्खाल्यान्ड आन्दोलन चर्किँदा भाजपाले त्यसको समर्थनमा दृढ अडान देखाउन सकेन ।

यसपालिको चुनावमा भाजपाले आफ्नो घोषणापत्रमा नेपालीभाषीको समस्याको राजनीतिक समाधान खोजिनेछ भनेको छ तर यो सबै चुनाव जित्न देखाएको ललिपप हो भनी विश्लेषण भइरहेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x