फागुन २९, २०८०
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काठमाडौं – विशिष्ठ व्यक्ति र पदाधिकारी (भीभीआईपी) ले प्रयोग गर्न मिल्ने गरी सरकारी स्वामित्वमा ११ वटा ‘बुलेट प्रूफ’ कार छन् ।
राजतन्त्रकालमा तत्कालीन राजपरिवारका सदस्यले ११ वटा भीभीआईपी बुलेट प्रूफ कार प्रयोग गर्ने गरेका थिए । ती कारहरूमध्ये एउटा कार असोज ७ गते उपराष्ट्रपति कार्यालयलाई र ४ वटा नेपाली सेनालाई हस्तान्तरण गरिएको छ ।
बाँकी ६ वटा बुलेट प्रूफ कार प्रयोगविहीन अवस्थामा नारायणहिटी दरबार संग्रहालयमा नै थन्किएर रहेका महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ । सरकारले भएका कारलाई थन्क्याएर भीभीआईपीको प्रयोगका लागि विदेशबाट कार भाडामा लिने गरेको पाइएको छ ।
नेपालमा आयोजना गरिने विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आउने भीभीआईपीका लागि चाहिने ‘बुलेट प्रूफ’ कार भाडामा लिएर सरकारले राज्यकोषको दोहन गरिरहेको छ । स्वदेशमा भएका कार भने प्रयोगविहीन भएर थन्किएका छन् ।
विभिन्न समयमा भएका सार्क शिखर सम्मेलन, बिमस्टेक शिखर सम्मेलन लगायतमा विदेशी राष्ट्र प्रमुख तथा सरकार प्रमुख सम्मिलित बैठक सञ्चालन भएका बेला विदेशबाट कार ल्याएको देखिएको छ ।
भएका ‘बुलेट प्रूफ’ कार सामान्य सर्भिसिङ, ब्याट्री परिवर्तन र इन्जिन मर्मत गरी सञ्चालनमा ल्याउन सकिने अवस्थामा रहेकाले सञ्चालनमा ल्याउनुपर्ने महालेखा परीक्षकको प्रतिवेदनले सुझाव दिएको छ ।
‘गत अगस्ट ३० र ३१ मा सम्पन्न बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि ४ बुलेट प्रूफ कार भाडामा लिएको र ५ वटा भारतको सहयोगमा उपयोग गर्नुपरेको थियो,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘संग्रहालयमा थन्किएर रहेका कार मर्मतसम्भार गरी सञ्चालनमा ल्याउनुपर्ने देखिन्छ ।’
बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि भाडामा लिइएका ४ वटा बुलेट प्रूफ कार, अन्य १० थान कार र ३१ थान माइक्रोबस भाडामा लिएवापत ३६ लाख ८४ हजार रुपैयाँ भुक्तानी गर्नुपरेको अवस्थामा आफूसँग उपलब्ध साधनको उपयोग हुन नसकेको र त्यसको व्यवस्था सरकारले गर्नुपर्ने महालेखा परीक्षकको कार्यालयले औंल्याएको छ ।
महालेखा परीक्षकको कार्यालयले नारायणहिटी दरबार संग्रहालयमा बुलेट प्रूफ आधा दर्जन कारसहित जम्मा २६ वटा सवारीसाधन थन्किएर रहेका औंल्याएको छ ।
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...