×

NMB BANK
NIC ASIA

वित्तीय सूचक निराशाजनक : १३ खर्बको राष्ट्रिय बजेट हुँदा पौनै ९ खर्ब व्यापार घाटा

बैशाख ४, २०७६

NTC
Premier Steels

काठमाडौं – १३ खर्बको राष्ट्रिय बजेट रहेको नेपालमा झण्डै बजेटकै हाराहारीमा व्यापार घाटा पुगेको पाइएको छ ।

Muktinath Bank

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ८ महिना (साउनदेखि फागुन) सम्ममा देशको वैदेशिक व्यापार घाटा ८ खर्ब नाघिसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालू आर्थिक वर्षको वार्षिक बजेट १३ खर्ब १५ अर्ब रुपैयाँ १६ करोड १७ लाख रुपैयाँ छ ।


Advertisment
Nabil box
Kumari

चालू आर्थिक वर्षको ८ महिनामा वैदेशिक व्यापार घाटा ८ खर्ब ८७ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । व्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४ दशमलव ५ प्रतिशतले भएको वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

Vianet communication

विदेशी लगानीमा गिरावट

चालू आर्थिक वर्षमा वैदेशिक लगानीमा समेत गिरावट आएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७४/०७५ को तुलनामा चालू आर्थिक वर्षमा वैदेशिक लगानीमा गिरावट आएको हो । 

आर्थिक वर्ष २०७४/०७५ को साउन गतेदेखि चैत १५ गतेसम्म  वैदेशिक लगानी ३५ अर्ब १८ करोड २५ लाख रुपैयाँ बराबर आएको उद्योग विभागको तथ्यांक छ । चालू आर्थिक वर्षको हालसम्म ११ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ विदेशी लगानी भित्रिएको विभागले जनाएको छ ।

चालू खाता र शोधान्तर स्थिति घाटामा

चालू आर्थिक वर्षको ८ महिनामा मुलुकमा भित्रिने रकम र बाहिरिने रकमबीचको अन्तर (शोधान्तर स्थिति) ५८ अर्ब ९९ करोड रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २४ अर्ब ७३ करोड रुपैयाँ शोधान्तर स्थिति ऋणात्मक थियो ।

सो अवधिमा चालू खाता घाटा समेत १ खर्ब ९१ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सो घाटा १ खर्ब ५४ अर्ब ९९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

रेमिट्यान्स बढ्यो

चालू आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स आप्रवाहमा २३ दशमलव ४ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालू आर्थिक वर्षको ८ महिनामा रेमिट्यान्स ५ खर्ब ८२ अर्ब १९ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको तथ्यांक छ ।

विकास खर्च एकतिहाइ

बजेटमा छुट्याइएको विकास खर्चमध्ये एकतिहाइ मात्रै भएको छ । चालू आर्थिक वर्षको मंगलवारसम्मको विवरण अनुसार विकास खर्च ३४ दशलमव ९१ प्रतिशत मात्रै भएको छ । ३ खर्ब १३ अर्ब ९९ करोड विकास खर्चमध्ये मंगलवारसम्म १ खर्ब १० अर्ब ३७ करोड रुपैयाँ खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।

चालू आर्थिक वर्षमा बजेटको ४७ दशमलव ५० प्रतिशत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । गत जेठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट पेश गरेका थिए । त्यसमध्ये ६ खर्ब २४ अर्ब ७० करोड २० लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x