०२ असार २०८३, मंगलबार

पोखराका २ ठाउँमा शंकास्पद वस्तु, निष्क्रिय पार्दा सैनिक घाइते

बैशाख ५, २०७६
पोखराका २ ठाउँमा शंकास्पद वस्तु, निष्क्रिय पार्दा सैनिक घाइते

पोखरा – प्रतिबन्धित नेकपा विप्लव समूहले आह्वान गरेको नेपाल बन्दका दिन पोखराका २ स्थानमा शंकास्पद वस्तु फेला परेको छ ।

पोखराको नदीपुरस्थित गण्डकी प्रदेशसभा रोड नदीपुरमा डल्लो बेरेर राखेको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तु निष्क्रिय बनाउने क्रममा सैनिक टोलीका सदस्य कालिभञ्जन गण रत्न मन्दिरका नायक धर्मबहादुर थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले बताए ।

उनका अनुसार सैनिक जवानको हातमा चोट लागेको छ । घाइते थापाको उपचार भइरहेको छ ।

लेखनाथस्थित सैनिक बस्तीमा पनि शंकास्पद वस्तु भेटिएको छ । त्यसलाई निष्क्रिय गर्न सेनाको टोली घटनास्थल पुगिसकेको छ । 

बन्द आह्वान भएका बेला शंकास्पद वस्तु भेटिएकाले विप्लव समूहले नै राखेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्