![सुनिलको 'कोशेली' सार्वजनिक [भिडियोसहित]](https://lktcdn2.prixacdn.net/media/Sunil_Giri01_SQIzuBRKFu.jpg)
काठमाडौं- गायक सुनिल गिरीको नयाँ गीत 'कोशेली' सार्वजनिक भएको छ ।
गिरीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा सुनिल र पुनम मिश्रको स्वर रहेको छ ।
गायक स्वयम् गिरीको शब्द संगीत रहेको गीतको भिडियोमा अन्जली मगरले अभिनयमा साथ दिएकी छन् ।
भिडियोलाई सर्जन थापा मगरले निर्देशन गरेका छन् ।
भिडियो हेर्नुहोस् :