फागुन २९, २०८०
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
ललितपुर - ललितपुर महानगरपालिकाले टेलिफोन तथा मोबाइल महसूलमा मात्र गत आर्थिक वर्ष २०७४/०७५ मा झण्डै २० लाख खर्च गर्यो । चालू आर्थिक वर्ष २०७५/०७६ मा उक्त शीर्षकको अनुमानित बजेट ३५ लाख रुपैयाँ छ ।
महानगरको वार्षिक नगर विकास योजनामा उल्लेख भएअनुसार अघिल्लो आर्थिक वर्षमा अनुमानित महसूल करीब १३ लाख रहेकोमा खर्च २० लाख पुगेको थियो, त्यसैले चालू आर्थिक वर्षमा समेत खर्च अनुमानित रकमभन्दा बढ्न पनि सक्ने देखिन्छ ।
महानगरले कार्यालय टेलिफोन महसूलका लागि भनेर १० लाख, मोबाइल महसूलका लागि १० लाख र जनप्रतिनिधिका लागि १५ लाख खर्च हुने अनुमान गरेको छ ।
हेर्नुहोस्, प्रतिवेदनमा के छ ?
महानगरपालिकाले गत आर्थिक वर्षमा मोबाइल महसूलमा ९ लाख ९९ हजार ९५० रुपैयाँ खर्च गरेको देखिन्छ ।
टेलिफोन महसूलमा ९ लाख ९९ हजार ३८२ रुपैयाँ खर्च भएको छ । यसका साथै वडा कार्यालयतर्फ टेलिफोनमा २ हजार ९ सय १२ रुपैयाँ खर्च भएको नगर विकास योजनामा उल्लेख छ ।
मोबाइल तथा टेलिफोनमा महानगरपालिकाले खर्च गरेको रकम जोड्ने हो भने २० लाख २ हजार २ सय ४४ रुपैयाँ पुग्छ ।
महानगरले दैनिक भ्रमण भत्ता, खाजा भत्ता र बैठक भत्ताबाहेक मोबाइल खर्चका लागि समेत मोटो रकम खर्च गर्ने गरेको छ ।
कार्यालयमा भएका टेलिफोन सुविधाको अतिरिक्त महानगरले निर्वाचित पदाधिकारीहरू मेयरलाई मासिक ३ हजार, उपमेयरलाई मासिक १५ सय, वडाध्यक्षलाई मासिक १ हजार रुपैयाँ मोबाइल महसूलबापत खर्च उपलब्ध गराउँदै आएको छ ।
वडासदस्यलाई मासिक ५ सय र नगर कार्यपालिका सदस्यलाई मासिक १ हजार मोबाइल शुल्क उपलब्ध गराउने व्यवस्था गरेको महानगरपालिकाका लेखा प्रमुख दामोदर थापाले जानकारी दिए ।
इन्टरनेटमा गत आवमा २५ लाख, चालूमा ६० लाख !
वार्षिक नगर विकास योजनामा उल्लेख भएअनुसार गत आर्थिक वर्षमा इन्टरनेटमा मात्र २४ लाख ९९ हजार ६८७ रुपैयाँ खर्च भएको छ ।
इन्टरनेटका लागि चालू आर्थिक वर्षको अनुमानित बजेट ६० लाख रुपैयाँ छ ।
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...