×

NMB BANK
NIC ASIA

विकासमा ढिलासुस्ती

पूर्ण स्वदेशी लगानीको पहिलो कान्ति लोकपथ बन्न ६ दशक ! दशैंमा गाडी हुइँकिएला ?

बैशाख २०, २०७६

NTC
Premier Steels

काठमाडौं – स्वदेशी लगानीमा निर्माण भइरहेको नेपालको पहिलो सडक आयोजना ‘कान्ति लोकपथ’ ६ दशकपछि सम्पन्न हुन लागेको छ ।

Muktinath Bank

कुनै पनि दातृ निकायको आर्थिक सहयोग विना नै नेपालको आफ्नै लगानीमा निर्माण भइरहेको कान्ति लोकपथ निर्माणको काम विक्रम संवत् २०१३ सालमा शुरू भएपनि बल्ल निर्माणको अन्तिम चरणमा पुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

योजनाका सूचना अधिकारी इन्जिनियर अमिन्द्र खड्काले कान्ति लोकपथ योजना अन्तर्गत काम भइरहेको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । लोकपथ हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९० किलोमिटर रहेको छ ।


Advertisment
Nabil box
Kumari

विक्रम संवत् २०१३ देखि २०१६ सम्म नेपाली सेनामार्फत सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएपनि त्यसबीचमा भएका विभिन्न राजनीतिक उतारचढावका कारण सडक निर्माणको कामले गति लिन नसकेको योजनाका सरकारी अधिकारी बताउँछन् । राजनीतिक उतारचढावका कारण अघि बढ्न नसकेको सडक निर्माणको काम पुनः २०६४ सालमा शुरू भएको र पछिल्लो समय अन्तिम चरणमा पुगेको खड्काले बताए । आगामी असोज अर्थात दशैंसम्म दुईतर्फी रुपमा ठूला गाडी सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।

Vianet communication

चालू आर्थिक वर्षको हालसम्म साढे ३४ किलोमिटर सडक कालोपत्रे भइसकेको र ४० किलोमिटरभन्दा बढी ग्राभेल भइसकेको छ । ‘अहिलेसम्म साढे ३४ किलोमिटर कालोपत्रे भइसकेको छ,’ योजनाका सूचना अधिकारी खड्काले लोकान्तरसँग भने ।

चालू आर्थिक वर्षभित्र ६२ दशमलव ५ प्रतिशत मात्रै कालोपत्रे गरिने आयोजनाको लक्ष्य रहेको छ । बाँकी रहेका स्थानमा ट्र्याक खोल्ने काम सकिएपछि चालू आर्थिक वर्षभित्रै अन्य ३० किलोमिटर सडकको समेत कालोपत्रे गरिने आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार सडकको केही स्थानमा ट्र्याक चौडा गर्न मात्रै बाँकी रहेको छ । विभिन्न स्थानमा गरेर करीब ६ किलोमिटर कडा चट्टान रहेको र पहिरोको जोखिम रहेका केही स्थानमा सडक बनाउन बाँकी छ ।

कुलेखानीको विकल्पको रुपमा अघि सारिएको सडकको लम्बाई ९० किलोमिटर रहेको छ । ९० किलोमिटरमध्ये ७९ किलोमिटर कान्ति लोकपथ आयोजना र बाँकी ११ किलोमिटर सडक विभाग तथा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले संयुक्त रुपमा निर्माण गरिरहेका छन् ।

आगामी आर्थिक वर्षको अन्तिमसम्म ७९ किलोमिटर पूरै कालोपत्रे गरिने योजनाका सूचना अधिकारी खड्काले बताए । कान्ति लोकपथ आयोजनाले सडकको मुख्य समस्याको रुपमा पहिरो रहेको जनाएको छ ।
वर्षाको समयमा पहिरोले बाटो अवरुद्ध गर्ने मुख्य समस्या रहेको आयोजनाले बताएको छ । कमजोर भू–बनोट भएका कारण बाटो माथिबाटै पहिरो जाने समस्या रहेको आयोजनाको भनाई छ ।

सडकको छेउछाउमा १५ मिटरभित्रै रहेका घर टहरा हटाउन ठूलो समस्या रहेको आयोजनाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x