२८ असार २०८३, आइतबार

कपिलले डाक्टर गुलाटीलाई कुटेको विषयमा मुख खोले

कात्तिक २०, २०७४
कपिलले डाक्टर गुलाटीलाई कुटेको विषयमा मुख खोले
चर्चित भारतीय कमेयिन कपिल शर्माको एक नयाँ खवर यतिखेर चर्चामा रहेको छ । उनले आफ्नो कमेडि शोका हास्यकलाकार तथा चर्चामा रहेका गुलाटी तथा गुत्थी जस्ता भूमिकाबाट चर्चित बनेका सुनील गुलाटीमाथि फ्लाइटमा हातपात गरेका थिए ।
समाचारहरुमा जनाइए अनुसार कपिल शर्माले यो मामलाई दवाउनका लागि आफ्नी गर्लफ्रेण्डसँग सवैको परिचयसमेत गराएका थिए । तर यो प्रयास समेत विफल भएको थियो । र, सुनील र उनको लडाईको विषयले ठूलो रुप लिएको थियो । यो विवादसँग सुनील गुलाटीले कपिल शर्माको शो छोड्ने तयारी गरेका छन् ।

केहि समय पहिले कपिलले आफ्नी आमासँग सुनीलको यो तस्वीर सेयर गरेका थिए ।

भारतीय सञ्चारमाध्यमहरुमा कपिलले गुलाटीमाथि हातपात गरेको चर्चा चुलिएपछि कपिल शर्माले आफ्नो फेसबुकको माध्यमबाट आफ्नो विचार सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन्, जब म आफ्नो जिन्दगीमा रमाइलो गरिएको थिए, त्यति नै बेला सुनीलसँग लडाई भएको खबरले मलाई अचम्ममा पारेको छ । केही भन्नु भन्दा पूर्व यो विषयमा हेक्का राख्नु जरुरी छ की यो खबर आयो कहाँ बाट र यसको उदेश्य के हो । केही मानिस तिललाई पहाड बनाउने मोजा लिएर बसेका छन् ।

कपिलले फेसबुकमा लेखेका छन् सुनील र म साथसाथै खान्छौ , मजाक गछौं । म मेरो आफ्नो भाइसँग वर्षमा एकदिन भेट्छु तर सुनील्सँग मेरो दिनहु भेटघाट हुन्छ । भेरै जसो हामी सँगै हुन्छौं । म सुनील्को धेरै सम्मान गर्छु ।
कपिलले सुनीलसँग भएको झगडालाई भने स्विकाररेका छन् । उनले झगडा भएको स्विकार गर्दै आफूहरु पनि सामान्य मानिस भएकाले कहिले काँही विवाद सामान्य भएको बताए । तर , एक कलाकारको रुपमा आफूले सुनीलको धेरै सम्मान गर्ने जनाएका छन् ।

तर मिडिया आफूहरुको पछि कुदेको भन्दै आपत्ति जनाएका छन् । सुनील र आफू एउटै घरको सदस्य जस्तै भएको र कहिलेकाही झै झगडा सामान्य भएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्