०६ साउन २०८३, बुधबार
विश्वकप फुटबल

बेलिङ्घमको जादु : नर्वेलाई हराउँदै इङ्गल्याण्ड विश्वकपको सेमिफाइनलमा

असार २८, २०८३
काठमाडौं
बेलिङ्घमको जादु : नर्वेलाई हराउँदै इङ्गल्याण्ड विश्वकपको सेमिफाइनलमा

जुड बेलिङ्घमको उत्कृष्ट प्रदर्शनको मद्दतले इङ्गल्याण्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। 

मियामी स्टेडियममा आइतबार बिहान भएको अत्यन्तै रोमाञ्चक र तनावपूर्ण क्वार्टरफाइनल खेलमा इङ्गल्याण्डले नर्वेलाई २–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। 

अतिरिक्त समयको सुरुवातमै अर्थात् ९३ औं मिनेटमा बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्गल्याण्डलाई निर्णायक अग्रता दिलाए । यसअघि उनले नै पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इङ्गल्याण्डलाई बराबरीमा ल्याएका थिए।

खेलको सुरुवातमा नर्वेले अग्रता लिएको थियो। ३६ औं मिनेटमा आन्द्रेअस सेल्डरुपले उत्कृष्ट गोल गर्दै नर्वेली समर्थकहरूलाई खुसी बनाएका थिए। नर्वेले दोस्रो हाफमा पनि एक गोल गरेको थियो, तर अर्लिङ हालान्डले इङ्गल्याण्डका खेलाडीलाई धकेलेको भन्दै भिडियो असिस्टेन्ट रेफ्रीले उक्त गोललाई अमान्य घोषित गरिदिएपनि नर्वे निराश बन्यो । 

खेलको अन्तिम क्षणहरू निकै नाटकीय रहे। इङ्गल्याण्डका गोलकिपर जोर्डन पिकफोर्ड आफ्नै खेलाडीसँग ठोक्किएर घाइते भए पनि साहसी बचाउ जारी राखे। 

नर्वेका क्रिस्टोफर एजरले रेफ्रीसँग विवाद गर्दा पहेँलो कार्ड पाएका थिए। इङ्गल्याण्डका प्रशिक्षक थोमस टुचेलले खेलको अन्त्यतिर रक्षापंक्ति मजबुत बनाउन गोलकर्ता बेलिङ्घमको स्थानमा डिफेन्डर ड्यान बर्नलाई मैदान प्रवेश गराएका थिए ।

२८ वर्षपछि विश्वकप खेलिरहेको नर्वेले इङ्गल्याण्डलाई कडा टक्कर दिए पनि सेमिफाइनल पुग्न असफल रह्यो। नर्वेका कप्तान मार्टिन ओडेगार्डले खेलभरि उत्कृष्ट प्रदर्शन गरे पनि उनको टोलीले बराबरी गोल फर्काउन सकेन।

अब इङ्गल्याण्डले सेमिफाइनल खेलमा अर्जेन्टिना वा स्विजरल्याण्ड मध्ये एकको सामना गर्नेछ। 

salt training

कमेन्ट गर्नुहोस्