१२ साउन २०८३, मंगलबार

पाकिस्तानी युवतीले गायत्री मन्त्र गाउँदा प्रधानमन्त्री नवाज शरीफले ताली बजाए !

कात्तिक २०, २०७४
पाकिस्तानी युवतीले गायत्री मन्त्र गाउँदा प्रधानमन्त्री नवाज शरीफले ताली बजाए !
गत हप्ता कराचीमा पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफका अगाडि गायत्री मन्त्र गाएर चर्चामा आएकी पाकिस्तानी गायिका नरोधा मालनी आफ्नो हरेक कार्यक्रमको शुरुवात गायत्री मन्त्रबाट गर्छिन् ।

पाकिस्तानकी पहिली हिन्दू गायिका भएको दाबी गर्ने वाली नरोधका अनुसार यो एक संयोग मात्र थियो कि उक्त कार्यक्रममा प्रधानमन्त्री नवाज शरीफ उपस्थित थिए ।

पाकिस्तानी आर्ट काउन्सिलकी सदस्य नरोधा भन्छिन्,‘हरेर वर्ष हामी पाकिस्तानमा धूमधामसँग होली मनाउछौं, यस पटक पनि कराचीमा होलीको आयोजना गरिएको थियो त्यहाँ प्रधानमन्त्री उपस्थित थिए । मैले जब गायत्री मन्त्र गाउन सुरु गरे त उनले तालि बजाएर मलाई हौसला प्रदान गरे, उनी निकै खुसी देखिन्थे । ’

नरोध आजभोलि छत्तीसगढको रायपुरमा सिंधी समाजको तीर्थस्थल शदाणी दरबारमा भाग लिन भारतमा आएकी छिन् ।

हिन्दू तथा सूफी धार्मित गीत गायनमा चर्चित नरोधाले नौ वर्षको उमेरमा गीत गाउन शुरु गरेकी थिइन् । परिवारमा गायनको भने कुनै परम्परा थिएन ।

नरोधाले हिन्दू गीत गाएको भन्दै पाकिस्तानमा भने आलोचन हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्