
काठमाडौं-घिउकुमारीमा औषधीय गुण हुन्छ । यसबाट विभिन्न रोगलाई न्यूनीकरण गर्न सकिन्छ । छालाका लागि झन् यो लाभदायी हुन्छ ।
लामो समयसम्म कम्प्युटर अथवा मोबाइलमा हेर्दा आँखामा असहज महसूस हुन्छ । यस्तो अवस्थामा दुई चम्चा घिउकुमारीको जेल एक कप पानीमा मिसाएर आँखा धोएमा आराम हुन्छ । र यसले आँखालाई तेजिलो समेत बनाउँछ ।
शरीरको कुनै अंगमा काटेमा वा कुनै किराले टोकेमा पनि यसको जेल लगाउनु फाइदाजनक हुन्छ ।
चाया परेर हैरान हुनुहुन्छ भने पनि तपाईं यसको जेल प्रयोग गर्न सक्नुहुन्छ । यसले चायाबाट छुटकारा दिलाउनुका साथै कपाल पनि मजबुद बनाउँछ ।
जोर्नी दुखेमा पनि तपाईं घिउकुमारी (एलोभेरा) प्रयोग गरिनु लाभदायी मानिन्छ ।
शरीरको कुनै भाग पोलेमा यो अत्यन्तै उपयोगी हुन्छ । पोलेको ठाउँमा घिउकुमारी लगाएमा शितलता प्रदान गर्छ ।