११ साउन २०८३, सोमबार

रामबहादुर बम्जनले ललितपुरमा विश्वशान्ति पूजा थाले

कात्तिक २०, २०७४
रामबहादुर बम्जनले ललितपुरमा विश्वशान्ति पूजा थाले
काठमाडौ, ९ चैत–विश्वशान्ति महामैत्री पूजा एवं महादर्शन आशिर्वाद कार्यक्रम ललितपुरमा मंगलबारबाट शुरु भएको छ ।
चैत २० गतेसम्म संचालन हुने महामैत्री पूजामा देशका विभिन्न भागबाट धर्मसंघ गुरुका अनुयायी र शुभचिन्तकहरुको सहभागी हुने बोधी श्रवण धर्मसंघ केन्द्रीय समितिका केबल मैत्रीले जानकारी दिए ।

ललितपुरको बुङमतिस्थित भण्डै २ सय रोपनी क्षेत्रमा फैलिएको स्थानमा आयोजना गरिएको महामैत्री पूजाका क्रममा ७५ फिट अग्लो मैत्रीय गुरुको थाङ्का समेत प्रदर्शन गरिएको छ । थाङ्का प्रदर्शनी दर्शनार्थीहरुका लागि थप आकार्षण बनेको छ ।

मैत्रीमार्ग धर्मका प्रवद्र्धक धर्मगुरु महासम्बोधी धर्मसंघले महापूजाका क्रममा आशिर्वाचनयुक्त प्रवचन दिनुकासाथै विविधि पूजापाठ समेत आयोजना गरिएको छ । यसैगरी बोधीमार्ग दर्शन मैत्री धर्मका बाणीहरु प्रस्तुत गरिनुकासाथै मैत्री धर्म देशना समेत गरिने आयोजकले जनाएको छ ।

बोधीमार्ग दर्शन मैत्री धर्मको प्रवद्र्धनका लागि विश्व भ्रमण गर्नुअघि धर्मगुरु महासम्बोधी धर्मसंघबाट नेपालमा हुने यो अन्तिम मैत्री पूजा भएको बताइन्छ । ६ वर्ष लामो निरहार तपस्य गरी प्राप्त शान्ति ज्ञानलाई दर्मदेशनामार्फत प्रचार गर्ने क्रममा हालसम्म ५ जिल्लामा गरी १३ पटक महापूजा आयोजना भइसकेको छ । काठमाडौ उपत्यका भएको यसप्रकारको विश्वशान्ति महामैत्री पूजा भने यो पहिलो पटक हो ।

ललितपुरको बुङ्मतिमा निर्माण गरिएको पूजास्थलमा दर्शनाार्थीहरुलाई व्यवस्थापन गर्न बोधी श्रवण धर्मसंघका विभिन्न जिल्ला शाखाबाट सयौं स्वयंसेवक परिचालन गरिएको छ । पूजास्थललाई व्यवस्थित गर्न आकास्मिक उपचार स्थल, भोजन स्थल, दर्शनार्थीलाई लाईनबाट व्यवस्थापन गर्ने, जुत्ताचप्पल सुरक्षा लगायतका व्यवस्था गरिएको छ ।

महापूजाको पहिलो दिन दिउसो १ बजेबाट धर्मगुरुबाट महादर्शन कार्यक्रम राखिएपनि दोस्रो दिनबाट भने विहान ९ बजेबाटै दर्शन शुरु हुने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्