काठमाडौं, १० चैत – चलचित्र 'डायरी' को माया माया... बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको छ । चलचित्रमा अल्मोडा राणा उप्रेतीले स्वर दिएका छन् ।

अनिल योञ्जनले निर्देशन गरेको चलचित्र डायरीलाई रिभेन्ज लभ स्टोरी भनिएको छ । चलचित्रमा रेखा थापालाई खलनायिकाका रुपमा देखिनेछ । छुल्ठिम गुरुङ र सन्नी सिंहलाई जोडीका रुपमा देख्न सकिने चलचित्र रिलिज अघि नै चर्चामा छ ।
चलचित्र जेठ ५ गते प्रदर्शनमा आउनेछ ।