काठमाडौं, १० चैत — चैत्र महिनाको कृष्णपक्षमा पर्ने एकादशीको व्रत लिँदा जानीनजानी गरिएका सबै पाप नाश हुने विश्वास छ । यसपाली पापमोचनी एकादशी चैत ११ गते अर्थात् भोलि परेको छ ।

एकादशी तिथि भगवान् विष्णुलाई अति प्रिय छ । यो दिन व्रत बस्दा अनि संकीर्तन गर्दा प्रभु छिट्टै प्रसन्न भएर भक्तहरूमाथि कृपा बर्साउनुुहुन्छ । व्रत गरेपछि त्यसको पारण पनि निश्चित समय र विधिअनुसार गर्नुपर्ने हुन्छ ।