काठमाडौं-विनोद कोइरालाले पहिलो कमेडी गीत 'ए सासू' सार्वजनिक गरेका छन् ।
कोइरालाले शुक्रवार म्युजिक नेपालमार्फत उक्त गीत सार्वजनिक गरेका हुन् ।
गीतमा शब्द तथा संगीत पनि कोइराला स्वयंकै रहेको छ ।
गीतको भिडियोमा बिम्ली, ऋषि, आयुषा र नारायणको फिचरिङ रहेको छ ।
मिलन बिकले सम्पादन गरेको भिडियोलाई रक कौशलले खिचेका हुन् ।
भिडियोलाई ऋषि खड्काले निर्देशन गरेका हुन् ।
शिक्षण पेशामा समेत संलग्न कोइरालाको 'शान्ति हराएको देश', 'मैले भोगेको बिडम्बना' लगायतका कृति पनि प्रकाशित छन् ।
भिडियो हेर्नुहोस् :