१२ असार २०८३, शुक्रबार

पानीमा यी कुरा मिसाएर नुहाउनुस्, स्वास्थ्य समस्या हराउँछन्

असार १८, २०७६
पानीमा यी कुरा मिसाएर नुहाउनुस्, स्वास्थ्य समस्या हराउँछन्

काठमाडौं— बदलिँदो जीवनशैलीका कारण प्रायः सबै व्यक्तिमा केही न केही स्वास्थ्य समस्या छ । खासगरी खानामा ध्यान नदिँदा अनेकथरी रोग लाग्छ । रोग लागेपछि बेस्सरी पैसा खर्च हुन्छ ।


यहाँ हामी नुहाउँदाखेरी अपनाउनुपर्ने केही सरल विधिका बारेमा बताउँदैछौं । नुहाउने पानीमा यी कुराहरू मिसाउँदा धेरै बिरामी र समस्याबाट मुक्ति पाइन्छ ।

१ फिटकिरी
पानीको बाल्टिनमा एक चम्चा फिटकिरी र वीरे नून हालिदिनुभयो अनि त्यसले नुहाउँदा शरीरको रक्तसञ्चार सुध्रिन्छ । यसले तनावको समस्या पनि हटाउँछ र मांसपेशीको पीडा भगाउँछ ।

२ नीमको पात
एक गिलास पानीमा नीमका पातहरू हालेर उमाल्नुस् । पानी सेलाएपछि त्यसलाई छान्नुस् । अनि यो पानी नुहाउने पानीको बाल्टिनमा हाल्नुस् । यसले छालाको संक्रमण र सुन्निएको निको पार्छ ।

३ गुलाबजल
एक बाल्टिन पानीमा तीनचार चम्चा गुलाबजल हालेर नुहाउँदा मांसपेशीले आराम महसूस गर्छ अनि शरीरको दुर्गन्ध पनि हराउँछ ।

४ सुन्तलाको बोक्रा
म्नतातो पानीको बाल्टिनमा दुईवटा सुन्तलाका बोक्रा हाल्नुस् । दश मिनेटपछि ती बोक्रा पानीबाट निकाल्नुस् अनि पानीले नुहाउनुस् । मांसपेशीको पीडा र छालाको संक्रमण ठीक हुन्छ ।

५ कपूर
नुहाउने पानी भएको बाल्टिनमा कपूर मिसाउनुस् । यसले शरीरलाई आराम दिलाउँछ अनि टाउको दुखेको ठीक हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्