×

NMB BANK
NIC ASIA

सत्ता-सोच

अन्धविश्वास र कुरीतिलाई ‘समाजवादी’ सरकारको वैधता !

असार २४, २०७६

NTC
Premier Steels

काठमाडौं – बोक्सीको नाममा महिलालाई मलमूत्र खुवाएका घटना बेलाबखत चर्चामा आइरहन्छन् । महिलामाथि हिंसा बढेपछि सरकारले बोक्सीलाई नेपाली समाजमा रहेको अन्धविश्वास र कुरीतिको रुपमा व्याख्या गर्दै आइरहेको छ ।

Muktinath Bank

बोक्सीको नाममा कसैलाई आरोप लगाउन पाइँदैन भन्ने सन्देश फैलाउन सरकारले बर्सेनि करोडौं रुपैयाँ खर्च गरिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारी र सार्वजनिक सञ्चारमाध्यममा लोक कल्याणकारी विज्ञापनमार्फत राज्यले जनचेतना फैलाउन खर्च गरिरहेको छ । २१ औं शताब्दीमा बोक्सी प्रथाजस्तो मध्ययुगीन बर्बरताको कल्पना समेत गर्न सकिँदैन ।


Advertisment
Nabil box
Kumari

बोक्सी प्रथाजस्तो अन्धविश्वास र कुरीतिलाई कार्यकारी प्रमुख र उनकोे सल्लाहकारले वैधता दिएपछि यसले नेपाली समाजमा कोलाहल मच्चाइदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल ट्विटरमा आइतवार बिहानै व्यक्त गरेका शव्दले अहिले बजार तातेको छ । उनले लेखेको ‘छौंडा’ शव्द कुरीतिसँग जोडिने शव्द हुन् । २१ औं शताव्दीको सभ्य समाजले यस्ता कुरा पचाउन सक्दैन ।

Vianet communication

त्यस्ता तुच्छ शब्द कोप्रति लक्षित थिए भन्ने स्पष्ट भएको छैन । परन्तु सामाजिक सञ्जालमा व्यक्त शव्दहरूले बोक्सीजस्तो कुप्रथालाई सम्झाइदिएको छ । बोक्सी प्रथाजस्तो अन्धविश्वासबारे थाहा नभएको नयाँ पुस्ताको मस्तिष्कमा जिज्ञासा जन्माइदिएको छ ।

धर्मलाई अफिम मान्ने कम्युनिस्टहरू बोक्सी कुप्रथाका प्रसङ्ग कोट्याएर किन अन्धविश्वास र कुरीतिलाई मलजल गरिरहेका छन् ? स्वयं सत्तारुढ दलका नेता सल्लाहकारका कुरालाई स्वीकार्न तयार छैनन् ।

नेकपाकी सांसद एवं युवा नेतृ रामकुमारी झाक्रीले लेखेकी छिन्, ‘राज्यसत्ताको केन्द्रमा रहेका व्यक्तिको रूपमा यो उत्कृष्ट ट्विट हो । यो ट्वीट सत्ताको सामाजिक चरित्रको ऐना हो । सत्ता कसरी कता जाँदैछ ? अनुमान लगाउन लोकलाई गाह्रो पर्ने छैन अब । धेरै पहिले एउटा लोककथा पढेको थिएँ – द इम्पेरियस न्यू क्लोथ । आज सम्झँदैछु, सत्ता र उन्माद कस्तो हुन्छ भनेर ?’

प्रधानमन्त्री स्वयंले पनि बेलाबखत बोक्सीका प्रसंग निकाल्ने गरेका छन् । जस्तो कि २०७५ फागुन १ गते काठमाडौंमा प्रधानमन्त्री रोजगार कार्यक्रमको उद्घाटन कार्यक्रममा उनले बोक्सीको उदाहरण दिए । नेकपाका २ अध्यक्षलाई दुईथरि कुरा सुनाउने र पार्टीमा फूट ल्याउन भइरहेका प्रयास थामिनसक्नु रहेको बताएका थिए । 

‘बाको कानमा गएर भन्ने – बा ! आमा बोक्सी छन् । आमाको कानमा गएर भन्ने – आमा ! बा जँड्याहा भइसके । दुवैले पत्याउँदैनन्, फेरि भन्ने – बा ! पत्याउनुहुन्न के गर्ने ? तर आमा भरे मुख सुँघ्न आउँछिन् ।

आमाको कानमा गएर भन्ने तपाईं पत्याउनुहुन्न गएर मुख सुँघ्नुस् न कस्तो गन्हाउँछ । नभन्दै आमाले गएर मुख सुँघ्छिन् । रक्सी त गन्हाएको हुँदैन तर बाउलाई पक्का हुन्छ कि मुख सुँघ्न आई, बोक्सी त रहिछ । यस्ता प्रयासहरू थुप्रो भएका छन् तर प्रयास नगरेपनि हुन्छ । न यहाँ आमाले मुख सुँघ्न जानेछिन्, न बाले बोक्सीको आरोप लगाउँछन् । यहाँ त्यो कुनै चल्नेवाला छैन,’ प्रधानमन्त्री ओलीले भने ।

परन्तु उनले २५ फागुनमा रौतहटमा गएर मधेशमा व्याप्त बोक्सी लगायतका अन्धविश्वास हटाउनुपर्ने बताएका थिए । ‘यदि कोही साँच्चिकै बोक्सी छन् भने मलाई खाएर देखाऊ,’ गरुडामा आयोजित नेकपाको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘यदि कोही बोक्सी भएको भए चुनाव नै लड्नु पर्दैनथ्यो । विपक्षीलाई बोक्सी लगाइदिए मात्रै पुग्थ्यो ।’

उपर्युक्त दुवै उदाहरण पेश गर्नका लागि नेपाली महिलामाथिको कलंक सावित भइसकेको बोक्सी शव्द सापटी लिनुपर्ने थिएन । बोक्सी शव्द हटाउन राज्यले करोडौं लगानी गरिरहेको छ, बोक्सीका नाममा महिलामाथि भएका अमानवीय घटनाले विश्वमञ्चमा नेपालीको शाख गिर्ने गरेको छ ।

प्रधानमन्त्री देशको नेता र अगुवा हुन्, उनीहरूबाट नागरिकले आदर्श सिक्ने हो । असार ३ गते पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले मिडियाले भाषा बिगारे भनेर चिन्ता व्यक्त गरेका थिए । नेपाली मौलिकता र संस्कृतिमाथि आक्रमण भइरहेको समयमा आफ्नो पहिचान र मौलिकताको संरक्षण गर्नु जरुरी छ । मिडियालाई भाषा बिगारेको बात लगाउनुभन्दा पहिला प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकारहरूलाई त्यो पाठ सिकाउनु जरुरी देखियो । समाजवाद निर्माण गर्ने भनेर लागेको सरकारका बेला जुनसुकै बहानामा जोप्रति लक्षित भएको भएपनि प्रधानमन्त्रीका सल्लाहकारले व्यक्त गरेका शव्द चेतनशील समाजका लागि किमार्थ स्वीकार्य छैनन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x