![नेकपाले तोक्यो विभागहरूको नेतृत्व, ३३ विभागमा कुन-कुन नेतालाई जिम्मा ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/nekapa_mRBdGBw4Nw.png)
काठमाडौं– लामो विवाद र रस्साकस्सीपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ३३ वटा केन्द्रीय विभागको नेतृत्व गर्ने नेताहरूको टुंगो लगाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको सचिवालय बैठकले महत्त्वपूर्ण विभागको नेतृत्व सचिवालय सदस्यहरूले गर्ने गरी जिम्मेवारी टुंगो लगाएको हो ।
पार्टीभित्र सबैभन्दा शक्तिशाली मानिने संगठन विभागको नेतृत्व सचिवालय सदस्य वामदेव गौतमले पाएका छन् ।
एकभन्दा बढी नेताको दाबीका कारण निर्णयमा पुग्न कठिन भएको स्कूल विभागको नेतृत्वमा भने अन्तत: ईश्वर पोखरेललाई नै ल्याइएको छ ।
पोखरेलको नाममा चर्चा भएपनि सहमति हुन सकिरहेको थिएन ।
यसका अलावा विदेश विभागको नेतृत्व वरिष्ठ नेता माधवकुमार नेपालले पाउँदा नीति तथा अध्ययन प्रतिष्ठानमा झलनाथ खनाललाई जिम्मेवारी तोकिएको छ ।
प्रचार विभागको जिम्मा नारायणकाजी श्रेष्ठ र अर्थ तथा योजना विभागको जिम्मा सुरेन्द्र पाण्डेले पाएका छन् ।
कुन नेतालाई के जिम्मेवारी ? हेर्नुहोस्, सूची:


