०२ असार २०८३, मंगलबार

सरकारी वेबसाइटमा विज्ञापन, कसले लिन्छ आम्दानी ?

असोज २८, २०७६
सरकारी वेबसाइटमा विज्ञापन, कसले लिन्छ आम्दानी ?

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेब साइटमा व्यवसायिक विज्ञापन राखिएको छ । 

सरकारी वेबसाइटमा व्यवसायिक विज्ञापन राख्ने प्रावधान नभएपनि संघीय मामिला मन्त्रालयको वेभसाइटभित्र रहेको आईसीटी ब्लगभित्र विज्ञापनको एउटा लिंकमा मोबाइल गेम, क्रिप्टो करेन्सी, पीडीएफ मेकर लगाएतका धेरै गूगल विज्ञापन देखिन्छन् । तर विज्ञापनबाट हुने आम्दानी कसको गोजीमा पर्छ भन्ने विषयमा मन्त्रालयका अधिकारीहरू आफू जानकार नभएको जवाफ दिन्छन् ।

सरकारी वेबसाइट सामान्यता: सरकारी सूचना आदान-प्रदानका लागि मात्र सञ्चालन गरिएको हुन्छ ।

विज्ञापन राखेपछि आउने आम्दानीका बारेमा आफूलाई केही थाहा नभएको मन्त्रालयका लेखा प्रमुख लक्ष्मीप्रसाद निरौलाले बताए ।

मन्त्रालयका सूचना अधिकारी जीवलाल भुसालले विज्ञापन रहेको आईसीटी ब्लग मन्त्रालयको सूचना प्रविधि शाखाले हेर्ने गरेको र विज्ञापन आए/नआएको कुरा मन्त्रालयको जानकारीमा नभएको प्रतिक्रिया दिए ।

salt training

कमेन्ट गर्नुहोस्