
काठमाडौँ -संसद सचिवालयमा काम गर्ने एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा ६ घण्टाभन्दा लामो बयानपछि महरालाई म्याद थपका लागि आइतवार अपराह्न जिल्ला अदालत काठमाडौंमा पेश गरिएको थियो ।
अदालतबाट फिर्ता हुँदै गर्दा महरा प्रहरीको गाडीभित्र मुस्कुराएका थिए । लोकान्तरकर्मी सुरेन्द्र श्रेष्ठले खिचेको तस्वीरमा उनी मुस्कुराएको देख्न सकिन्छ ।
हेर्नुहोस् तस्वीरहरू -


